कञ्चनपुर जिल्ला वडा नं ७ कालिकामा माता गोमति देवी अवस्थीको कोखबाट जन्म लिनु भएका हाल ३३ वर्षका कहिले साइकले रक्तदाता, कहिले क्क र कहिले चप्पल हराएको मान्छे आदि विभिन्न उप नामबाट परिचित रक्तदान भनेपछि आफू मरिमेटी गर्ने र रगत सम्बन्धि कुनै पनि कार्यमा कसैको निम्ति पनि पछि नहटी अति सक्रिय रुपमा लागिपर्ने अझ झन साइकल कुदाउन भनेपछि भोक, प्यास, थकान, पीर-चिन्ता सबै कुरा बिर्सने म जस्ता हजारौ भाइबहिनीहरूलाई विभिन्न संघसंस्थामा आवद्ध गराई अगाडि बढ्न हौसला प्रदान गर्ने विभिन्न ठाउँमा प्रेरणाको स्रोत बन्नुभएको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की को वर्तमान अध्यक्ष मेरा अतिनै आत्मीय प्रिय र घनिष्ठ सर तीर्थराज अवस्थीले आज (२०७४/११/३०) मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग आफ्नै दृष्टि (आँखा) दान गर्नुभएको छ।
आफ्नो मृत शरीरको आँखा मात्र कसैको लागि उपयुक्त हुन सक्ने भएको र आँखा दान जस्तो सार्थक दान अरू केही हुन नसक्ने भएबाट आफ्नो मरणोपरान्त आफ्नो आँखा दृष्टिविहीन कसैलाई पनि प्रत्यारोपण गर्न पाउने गरी नेपाल आँखा कार्यक्रम, नेपाल आँखा बैंक, हिमालय आँखा अस्पताल, आँखा संकलन केन्द्र लाई (दर्ता नं. ००१८) सहर्ष दान गर्नुभएको छ।
उहाँले धेरै लामो समयदेखि दृष्टि दान गर्ने कुरामा मनमा ईच्छा पालिरहनु भएको थियो भने आज उहाँको यो ईच्छा पुरा हुदाँ आफ्नो मृत्यु पश्चात आँखा सङ्कलन केन्द्र वा अन्य कुनै केन्द्रबाट आउने डाक्टर वा अन्य आधिकारिक व्यक्तिबाट आफ्नो आँखा झिक्न तथा ईच्छुक वा आवश्यक व्यक्ति विशेषलाई यस नेपाल बैंक मार्फत प्रत्यारोपण गर्न पाउने अधिकार प्रदान गर्नुभएको छ।
समाजका बिभिन्न सामाजिक संघ संस्थामा अति सक्रिय रुपमा आवद्ध रहि आफ्नो काम कर्तब्य कटिबद्ध रुपमा पुरा गर्ने, आवश्यक परेको बेला जो कोहिलाई पनि जुनसुकै ठाउँमा रगत पुर्याउन र दिन सक्ने, बिभिन्न ठाउँलाई साईकिल सिटी बनाउन आफैं साईकल कुदाउने तथा साइकल र्यालिको आयोजना गरि साइकल सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गर्ने आदि मात्र नभई हजुरले आज गरेको आँखा दान जस्तो सार्थक दान देख्दा मलाई एकापट्टी साह्रै नै गौरव लागेको छ भने अर्कोतिर म जस्ता हजारौंको मनमा छुट्टै जोस र जाँगर उत्पन्न भएको छ तिर्थ सर।
अन्त्यमा हजुरले गरेका सम्पूर्ण कार्यमा सफलता प्राप्त होस्, हजुरले चालेका प्रगतिका पाइलाहरू सदा अघि लम्किरहुन् भनि हजुरले गर्ने बिभिन्न सामाजिक कार्यमा म पनि हजुरको पछि पछि ति कार्य गर्न सक्रिय रुपमा तम्तयार रहने उद्देश्यको साथ हजुरलाई धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु सर।
About The Blogger…..
यस Blogger को बारेमा मलाई केहि सल्लाह तथा सुझाव दिनु परेमा तलको ठेगानामा सम्पर्क गर्नुहोला धन्यवाद ।
नाम:- सौरब ढुङ्गाना
ठेगाना:- पो.लर.म.न.पा-२६ बुढिबजार कास्कि
फोन नं:- 9866050350 (९८६६०५०३५०)
ईमेल:- dhunganas384@gmail.com