Friday, December 28, 2018

🎂साईकले रक्तदाता दाई तिर्थराज अवस्थिलाई जन्मदिनको🍰 लाखौं लाख शुभकामना उहि भाई सौरब ढुङ्गानाको तर्फबाट। 🍥


जन्मदिनको शुभकामना मेरो प्यारो,
अतिनै मिलनसार दाई/सर तिर्थ राज अवस्थि !!!
आँखा खोल्दा विहानीमा
घामको किरणले स्वागत गरोस् !
पाइला सार्दा हरेक मोडमा
उमंग उत्साहाले पाउ चुमोस् !!
विश्वास, आँट र साहासहरु
सहयात्री बनुन् सँधैसँधै !
निराशा र कुण्ठाहरु
भागुन् टाढा कतै !!
माया ममता र प्यारहरु
साचिउन् मन भरिभरि !
घृणा, इर्ष्या र रागहरुसँग
जम्काभेट नै नहोस जुनीभरि !!
सुख, खुशी र आकांक्षासँग
सहवास होस हरेक तरङ्गमा !
दुःख, पीडा र वेदनाले
बाटो नछेकुन् उमङ्गमा !!
हरेक धड्कनमा दिर्घायुको
श्वास फेर्नु हरपलमा !
हरेक श्वासमा सु-स्वास्थको
लामो आयु थपियोस गर्छु कामना !!
प्रगतिपथमा पाइलाहरु लम्किउन सँधैसँधै
समृद्धि र उत्तरोत्तर प्रगतिको !
निरन्तर अगाडी बढ्दै जाउन् ती पाइला सँधै
ताज प्रप्तहोस् श्री प्राप्तिको !!
हार्दिक मंगलमय शुभकामना
शुभ हजुरको शुभ-जन्मदिनमा !
हजुरको प्रिय भाई अर्पण गर्छ हजुरलाई
हार्दिक मायालु मंगलमय शुभकामना तिर्थ दाई !!

Please Watch This Tirtha Dai Birthday Video.
https://youtu.be/V3lk43UcSzM
कञ्चनपुर जिल्ला वडा नं ७ कालिकामा माता गोमति देवी अवस्थीको कोखबाट जन्म लिनु भएको र आजका मिति (२०७५/०९/१४) बाट ३४ वर्ष पुरा गरिसक्दा पनि कहिले साइकले रक्तदाता, कहिले क्क, कहिले चप्पल हराएको मान्छे, श्री ५ हापुस, समाजसेवी तिर्थ आदि विभिन्न उप नामबाट परिचित रक्तदान भनेपछि आफू मरिमेटी गर्ने र रगत सम्बन्धि कुनै पनि कार्यमा कसैको लागि पछि नहटी अति सक्रिय रुपमा लागिपर्ने अझ झन साइकल कुदाउन भनेपछि भोक, प्यास, थकान, पीर-चिन्ता सबै कुरा बिर्सने म जस्ता हजारौ भाइबहिनीहरूलाई विभिन्न संघसंस्थामा आवद्ध गराई अगाडि बढ्न हौसला प्रदान गर्ने विभिन्न ठाउँमा प्रेरणाको स्रोत बन्नुभएको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की को वर्तमान अध्यक्ष मेरा अतिनै आत्मीय प्रिय र घनिष्ठ दाई तीर्थराज अवस्थीले आज पारेको आफ्नो जन्मदिन पनि टुर 'दि’ पोखरा को सहयोगमा साईकल यात्रा गरेर र रक्तदान कार्यक्रमको आयोजना गरेर मनाउनु भएकोमा अत्यन्तै खुसि लागेको छ।
मेचि देखि माहाकाली सम्म साईकल यात्रा गरि रक्तदान जीवनदान भन्ने सन्देश दिने, पोखरालाई साइकिल सिटिको रुपमा बिकास गर्ने, कास्की जिल्लामा मात्र नभई पुरा नेपालमै रगतको अभावमा कसैको पनि मृत्यु नहोस् भन्ने महत्वपूर्ण धारणा राख्ने, आफ्नै शरिरमा बिभिन्न ट्याटु खोपि धेरै कुराको चित्र मार्फत ज्ञान दिने, सबैको मनमुटुमा बस्न सफल मणिपाल शिक्षण अस्पतालमा कार्यरत पूर्व फार्मेशिस्ट र हाल आफ्नै कार्यथलो भू.पु सैनिक मेडिकल हल नयाँबजारमा सञ्चालक तिर्थ दाईले आजसम्म आफूले पनि निम्न थुप्रै समाजसेवाका कार्य गरिसक्नुभएको छ।
  • ५४ पटक भन्दा बढि आफ्नै ओ पोजेटिभ रक्त दान
  • गरिब र दयनिय बिरामिलाई आफ्नै फार्मेसी बाट निशुल्क औषधी बितरण तथा उपचार (आफ्नै खर्चमा)
  • शरिरको संवेदनशील अंग नेत्र दान (२०७४/११/३०)
  • पोखरालाई साईकल सिटिको रुपमा बिस्तार
  • धुम्रपान र मध्यपान को हानि को बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन
  • १८ बर्षको जन्मोत्सव संगै हरेक युवालाई रक्तदान गर्न प्रेरित गर्ने।

आदि मात्र नभई अन्य धेरै कार्यमा हात हालि सफलता प्राप्त गरि सक्नु भएको छ। मलाई थाहा छ दाईले धेरै ठूलो काम गर्नुभएको होइन, साधारण तर थोरैले मात्र गर्ने असाधारण स्वयंसेवा गर्नुभएको हो । जब कसैले एक पोका रगत पाउँछ र एउटा जीवन बाँच्छ त्योभन्दा त्यो भन्दा अर्को खुसी मिल्दैन् र रगतमा कुनै पनि कसैको जात भात जोडिएको हुदैँन भन्दै,...........

फेरि पनि अन्त्यमा बसन्तले हजुरको पाउमा बाहार ओक्ष्याओस्, सबैको मुख–मुखले हजुरकै नाम लिउन्, भगवानले हजुरलाई राम्रो आशिष दिउन् । कोमल हजुरको पाउमा काँडाले नघोचोस्, आँधी बेरी हुरीले हजुरको बाटो नछेकोस्, हरेक पाइलामा हजुरलाई सफलता मिलोस्, दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् । हजुरले जिन्दगीमा चालेका हरेक पाईलाहरुले सफलताको शिखर चुमी रहोस, फलोस फुलोस यही छ मेरो चाहना, जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना । जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं हजुरका हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु ।
हजुरजस्तो प्यारो दाई पाएकोमा भगवानजीलाई धेरै धेरै धन्यवाद दिदैँ हजुरको जीवन सधैँ हासोँ,खुशी र सफलताले भरीयोस भनी हृदयको अन्तरकुना देखी नै प्राथना गदैँ जन्मदिनको शुभकामना दिन चाहन्छु। दुःख,पिडा,चिन्ता,रोग जतिलाई सुटुक्कै बाढीले बगाई लगोस अनि छ नि सुख, सन्तुष्टि,उमंग अनि सफलता जतिले हजुरलाई माने के नाम अह..ए अह...बल्ल याद आयो चुम्बकले फलाम छोपे झैँ च्यापै छोपिराखोस। यहि छ हजुरको प्यारो भाई सौरब ढुङ्गानको तर्फबाट करोडौं करोड मुरि मुरि जन्मदिनको शुभकामना शुभकामना शुभकामना ।।
🍥🍰🎂😍💞💕💝

जय रक्तदान,
जय साईकल।।