Friday, July 5, 2019

जन्मदिनको 🍰 अनगिन्ती शुभकामना मेरो प्यारि आमा💞 (ईश्वरी ढुङ्गाना) By Saurav Dhungana.

जन्मदिनको अनगिन्ती शुभकामना मेरो 💘 ममि (आमा)💞
नबगुन् आँसुका थोपा नमरुन् सपनाहरु,
नआउन बिघ्न औ बाधा पुरा हुन् कल्पनाहरु ।।
नछुटोस् मित्रता हाम्रो चम्कियोस् चाँदनी सरि,
बढोस् याद अझै बिन्ती नमरुन् सम्झनाहरु ।।
🎂🍰🍥
सदा सुखी बनी सधैं नाचेको देख्न पाउँ म,
उन्नती पथमा चढ्दै हाँसेको देख्न पाउँ म ।।
यो जन्म दिनमा मैले दिउँ के शुभकामना,
तिमी सयौँ सयौँ बर्ष बाँचेको देख्न पाउँ म ।।
💘😍💞
मेरो प्रथाना छ कुनै गुनासो छैन त्यो फूल जुन अाजसम्म फूलेको छैन भगवान गरून् अाजको दिन तिमीलाई त्यो सबै चिज भेटीयोस् जुन अाजसम्म कसैलाई कहिल्यै पनि नपाएको होस् जन्म दिनको शुभकामना ममि।💞
🎈🤩❤️
हरेक क्षण
हरेक समय ,,
हरेक पाइला,,
हरेक नतिजा
हरेक वाणी,,
हरेक कार्य
उच्च हाेस्
तिम्राे अाँखाले देख्ने हरकुनै बस्तु, तिम्ले भाेगेका हर कुनै भाेगाईहरु, तिम्ले साेच्ने हर कुनै साेच तिम्ले; गर्नेहर कुनै चिन्तन अब्बल रहाेस् 🤩
तिम्राे नयन तिम्राे चयन अनि तिम्राे जीवन हर घडि सार्थक बनाेस्
जन्मदिनकाे अनगिन्ति शुभकामना मेराे प्यारी ममि 💞 आमा।
❣️☺️♥️
आमा आमा आमा 😔😔😔
💞🤩💘😍♥️☺️
मैले जीन्दगीको नौ महिना एउटै ठाउँमा बसेर बिताए। त्यो न्यानो ठाउँ थियो। मलाई त ती दिनहरुका बारेमा कुनै ज्ञान छैन, तर तिमीलाई मेरो एक-एक हलचल याद छ होला। जीवनमा मलाई तिमीले जति ख्याल र तिमीले जति माया अरु कसैले गरेन र गर्ने पनि छैन। तिम्रो ममताको सागारमा पौडि खेल्दा खेल्दै आज ह्वेल माछा जत्तीकै ढाडे भैसकेको छु। कैयौँ पटक तिम्रो चित्त दुखाएको छु। तर तिम्रो चित्त कहिल्यै दुखेन आमा। 💞
मेरा पाहाडजत्रा गल्तिहरुलाई पनि तिमीले तिल भन्दा सानो बनाइदियौ। ज्वोरोले हनहनिएको मेरो तातो निधारलाई पानिपट्टिले चिस्याइदियौ। तिमीले नै यो संसार चिनायौ, हिडन सिकायौ। हर बिहान र बेलुका खाना खान बस्दा मलाई नै सम्झीयौ। तिमीसँग दुईदिन टाढा हुँदा पनि आँशु खसाल्थ्यौ।🎈
ठाडा ठाडा उकालोहरुमा पनि आफुले स्याँ स्याँ गरेर मलाई बुई बोकेरै चढायौ। खेतका डिलहरुमा हुटिट्याँउका फुलहरु खोजेर उसिनेर मलाइ नै ख्वायौ अनि अम्लेट बनाएर पनि ख्वायौ।❤️
आफू कामेरै भएपनि आफ्नो पछ्यौरी मलाई नै ओढायौ। आज पनि तिमीले मलाई काखमा बोकेर हिँड्ने पछ्यौरीमा गुटुमुटु परेर सुत्ने गर्छु। तिम्रो सुगन्ध अझै पनि त्यहि पछ्यौरीमा टाँसिएको छ। तिमी नै मेरी सबैभन्दा मिल्ने साथी हौ, मेरा मनका हरेक कुरा तिमीलाई नै सुनाउन चाहान्छु। मेरो दाँत हल्लिएको कुरा होस् वा खुट्टाको नङ बढेको कुरा होस् तिमीलाई नै ख्याल हुन्थ्यो। जुम्रा परेको निहुले तिम्रो काखमा मस्त निदाउँन पाउँदा क्रिकेटको ब्याटिङ समेत फिक्का लाग्ने गर्दथ्यो।❣️
दिनभरि धुलोमा गाडिएका मेरा धुले खुट्टाहरु लिएर म सिधै ओछ्यानमा जान खोज्दथेँ, तर तिमीले नुन पानी तताएर ठूलो बाँटा ल्याएर ओछ्यानमै मेरो खुट्टा धोइदिन्थ्यौ। तिमीले सिकाएको यहि बानीले गर्दा आज पनि म पानीले खुट्टा नधोइ निदाउनै सक्दिन आमा। 💞
सुनसान रातमा चकमक बत्ती झिल्क्याउँदै उड्ने जुनकिरीको पछि लागेर हिँड्दा खुट्टा लरखर्याउन खोज्थेँ तर त्यतिनै बेला तिमीले मलाई लड्न नदिइ हिँडन सिकाउँथ्यौ। आज पनि तिनै जुनकिरीहरुलाई खोज्छु तर यो सहरको झिलिमिलीले जुनकिरीको प्रकासलाई बिलीन पारिदिएको छ। तिमी देखी टाढा छु त्यहिँ पनि तिमी यी आँखाहरुमा छ्यौ, मनमा छ्यौ, मस्तिस्कमा छ्यौ। बास्तवमा म त तिम्रै शरीरको एक भाग हुँ। तिमी बिना मेरो कुनै अस्तित्व नै छैन। तिम्रो नामले मात्रै मेरो ओठमा हाँसो र आँखामा चम्काइ आउँदछ।
आज यो कलम कुनै व्याकरणका नियमहरुमा बाँधिन चाहान्न। शब्दहरुले तिम्रो चित्र कोर्न चाहान्छन्। कानहरुले तिम्रै शब्द सुन्न चाहान्छन्। म तिमीलाई धेरै प्रेम गर्छु आमा। जन्मदिनको धेरै धेरै शुभकामना आमा।😥   
🎈🎈🎈
परिवार ले रोज्ने,💘
समाज ले खोज्ने ♥️
र राष्ट्रिय ले सोध्ने मान्छे बन्नु 😔
हजुरको हरेक पाइलाले सगरमाथाको सिखर चुम्न सकुन
र सधै हजुरको जीवन मस्त, ब्यस्त र स्वास्थ रहोस् ममि 💞  जन्मदिनको शुभकामना हजुरलाई 🎁🎁💕
अतित्तको चोट दुखाइ, पिर ब्यथा आफै थाहै नपाइ बिलाउदै जाहोस..
अबका दिनहरुमा जोस जंगार र खुसीका उन्मादको छावोस,,, सफलताले सगरमाथा चढ्दै सुख र खुशी मनै भरी आहोस😍 । अनगिन्ती धन सम्पत्ति हजुरको हात लागोस्...
म सयौं  चोटि कामना गर्छु मन मुटुले सोचेको र रोजेको सबै कुरा पुरा होस् 😂...
खाचो नहोस कसैको सबैलाइ हजुरको खाचो परि हजुरकै मा धाहोस्...
हजुरको करेसाबारिमा रंगीचंगी फुलहरु फुलोस्🌹🌹, हजुरको धनको भकारीहरु 12 महिनै चुलियोस्.....
बाधा अड्चनले रोकेका हजुरको बाटोहरु बिना कष्ट चारै दिशा खुलोस्..
हजुरको रुप रङ्ग देखेर सारा भुलोस्... 😌
हजुरको खुसी देखेर सारा संसार हजुरमै  डुलोस् 💑। जन्मदिनको शुभकामना ममि 💞 (आमा) हजुरलाई🎁🎁🎁😍😍
🍥🍰🎂
हरेक दिन भन्दा प्यारो लाग्छ मलाई यो खास दिन जसलाई म बिताउन चाहन्न तिमी बिना, हुन त मुटुले सधैं कामना गर्छ तिम्रो फेरि पनि भन्छु आमा 💞 शुभकामना छ जन्म दिनको
आमा शुभकामना छ जन्म दिनको 😍
आमा शुभकामना छ जन्म दिनको 💘
आमा शुभकामना छ जन्म दिनको 💞
💞😍💘❤️🤩💞
उहि तिम्रो मन मुटुमा बसेको छोरो, तिम्रो ढुकढुकी........
           💘 सौरब ढुङ्गाना 💞
💞🍰❤️🤩🍥❣️😍🎂💘


About The Blogger

Mr. Saurav Dhungana
Pokhara Metropolitan-4, Gairapatan, Kaski
Please Follow Me  SAURAV DHUNGANA On 

Facebook Page
https://www.facebook.com/dhunganasaurab/
Facebook Group
https://www.facebook.com/groups/496904784113467/
Facebook Account
https://www.facebook.com/profile.php?id=100010416368112 ➡️ Saurav Dhungana
https://www.facebook.com/profile.php?id=100010412347674 ➡️ सौरब ढुङ्गाना
My Blogspot
http://dhunganasaurav.blogspot.com/?m=1
My Twitter
Take a look at Saurav Dhungana (@Sauravdhungans): https://twitter.com/Sauravdhungans?s=09
My YouTube Channel
https://www.youtube.com/channel/UCBY6xPjZDVrw6A_MABbNJlg
My Email I'd
dhunganas384@gmail.com
dhunganasaurav81@gmail.com
My TikTok Account
https://m.tiktok.com/h5/share/usr/6600582181088378885.html?language=en&u_code=d24b78i3gh35c8&timestamp=1559059060&user_id=6600582181088378885
My Instagram
https://www.instagram.com/p/BwhJl2Ohu7JH0T4kIkPRMmq0NG62dmIJtNtKC00/?igshid=1r9q8jdus4jr8

Heartly Thank You So Much.
❤️😍💞