Saturday, September 28, 2019

नेपाली डाक्टर कुमुद धितालले मुटु प्रत्यारोपणमा संसार हल्लाए: मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण ? सम्मान स्वरुप एक एक शेयर गराै ! By Saurav Dhungana 💞 💞

नेपाली डाक्टरले संसार हल्लाए: मृत मानिसको मुटु झिकेर जीउँदोमा प्रत्यारोपण ? सम्मान स्वरुप एक एक शेयर गराै !


मृत मानिसको मुटु आधा घन्टामा झिकेर मेसिनमा राखेर त्यसलाई पूर्ण रूपमा जीवित र सक्रिय बनाएर मुटु काम नलागेर मृत्युको मुखमा पुगेका बिरामीलाई त्यो मुटु प्रत्यारोपण गर्ने । यो विश्व चिकित्सा विज्ञानको क्षेत्रमा हासिल गरिएको चानचुने सफलता होइन । यस्तो दुर्लभ वैज्ञानिक चमत्कारको नेतृत्व गर्ने सौभाग्य पनि नेपाली डाक्टरलाई नै मिल्यो । हो, चार वर्षअघि यही चमत्कारी काम गरेर संसारभरि चर्चित भए अस्ट्रेलियामा कार्यरत नेपाली डा कुमुद धिताल । उनको सफल प्रयोग अहिले विश्वभरि फैलिइसकेको छ भने धिताल कार्यरत अस्पतालमा मात्रै अहिलेसम्म २४ जना विरामीलाई मुटु प्रत्यारोपण गरेर पुनर्जीवन दिइएको छ ।
अस्ट्रेलियाको सिड्नीस्थित सेन्ट भिन्सेन्ट अस्पतालका प्राध्यापक धितालले चार वर्षअघि सोही अस्पतालमा मृत मान्छेको मुटु झिकेर बिरामीलाई प्रत्यारोपण गरेका थिए । धितालले हासिल गरेको सफलतालाई ३० वर्ष नाघेका व्यक्तिको मुटु प्रत्यारोपण क्षेत्रमा भएको अहिलेसम्मकै ठूलो उपलब्धि मानिएको छ । भन्छन्, “अब त मैले तालिम मात्र दिने हो, मेरा विद्यार्थीहरूले नै यो काम गरिरहेका छन् । र, अहिले संसारभरि नै यो फैलिइरहेको छ ।” साउनको पहिलो साता पनि धिताल मुटु प्रत्यारोपण सम्बन्धी कार्यशालामा भाग लिन बेलायत गएका थिए । धितालको प्रयोग बेलायतमा पनि विस्तार भइसकेको छ । मृत्यु भएको आधा घन्टाभन्दा बढी समयमा पनि मुटु निकालेर कसरी सफल प्रत्यारोपण गर्न सकिन्छ भन्नेमा अहिले धितालको शोध केन्द्रित छ ।
भन्छन्– “अहिलेचाहिँ हामी आधा घन्टाको समयलाई लम्ब्याउन सकिन्छ कि सकिन्न भन्नेमा अनुसन्धान गर्दैछौँ । यसमा पनि सकारात्मक सफलता मिल्ने आशा छ ।” मृत मान्छेको मुटु निकालेर प्रत्यारोपण गर्नुअघि धितालले सुँगुर र छुचुन्द्रोमा त्यसको परीक्षण गरेका थिए । उनी आफैँले सुरुमा चार मुटु रोगीमा मृत मान्छेको मुटु प्रत्यारोपण गरेका थिए । विभिन्न कारणले मुटु काम नलाग्ने भएकाहरूका लागि धितालले सुरु गरेको मुटु प्रत्यारोपण पद्धति रामबाण सावित भएको छ । कुमुद धितालको पुख्र्यौली घर गोरखा हो । उनी इटालीको रोममा जन्मेका हुन् भने उनले विद्यालय शिक्षा सेन्टजेभियर्स स्कुल ललितपुरबाट पूरा गरेका हुन् ।
अक्सफोर्डबाट चिकित्सा विज्ञानमा स्नातकोत्तर गरेका धितालले लन्डन विश्वविद्यालयबाट एनाटोमीमा विद्यावारिधि गरेका हुन् । उनी मुटु रोगमा विश्वकै उम्दा चिकित्सक मानिन्छन् । भन्छन्, “गतिलो शिक्षादीक्षा र वातावरण पाएकै कारण चिकित्सा क्षेत्रमा नयाँ काम गर्न सकिएको हो ।” 
मुटु प्रत्यारोपणको लागि डाक्टर कुमुद धितालले मृत मानिसबाट झिकेको मुटु मेसिनबाट चलाउदा यसरि चलेको छ। हेर्नुहोस् भिडियो सहित।

मुटु प्रत्यारोपणमा धितालले अहिले अमेरिका, स्वीडेन, बेलायतलगायतका अस्पताल र विश्वविद्यालयहरूमा प्राज्ञिक र अन्वेषणका माध्यमबाट सहयोग गर्दै आएका छन् । नेपालसितको धितालको नाता भने ग्लोबल पोलिसी फर नेपालमार्फत जोडिएको छ । उनी त्यसका उपाध्यक्ष हुन् । नेपालमा मुटु प्रत्यारोपणको सम्भावना भए पनि त्यसका लागि तत्परता र चासो भने कम देखिएको धितालको कथन छ । भन्छन्, “राम्रो अस्पताल, चिकित्सकको टिम र प्रत्यारोपणपछिको केयरको उचित व्यवस्था भए नेपालमा पनि यो काम अघि बढाउन सकिन्छ ।” नेपाल साप्ताहिकबाट

About The Blogger
Saurav Dhungana 💞