Sunday, May 6, 2018

उमेर बाधा होइन।

यो पोष्ट उनीहरूका निम्ती हो जसले ढल्कदो उमेरलाई सृजनात्मक कार्यका निम्ती बाधाका रूपमा लिन्छन् । जसले ‘समय सकियो अब केही गर्न सकिदैन’ भन्ने सोच्दछन् । 

याद रहोस्, मार्कस पोर्सियसले ८० वर्षको उमेरमा ग्रीक भाषा सिकेका थिए । अर्नेस्टाइन हेइक हजुरआमा भएपछी संगीत क्षेत्रमा सफलताको शिखरमा पुगेकी थिइन् । माइकल एन्जेलो ८० वर्षको उमेरमा पनि महानतम् चित्रहरू कोर्दैथिए । ९० वर्षको उमेरमा सिओ स साइमोनाइडलै काव्यमा पुरस्कार जितेका थिए । गोथेले ‘फाउस्ट’ ताथा लेपोल्ड भोन राकेले ‘हिस्ट्री अफ वर्ड’ ९२ वर्षको उमेरमा सम्पन्न गरेका थिए । अल्फ्रेड टेन्नीसनले प्रख्यात ‘क्रसिङ द बार’ कविता ८३ वर्ष छदा रचेका थिए । सर आइज्याक न्युटन ८५ वर्षसम्म सक्रिएरूपमा कार्यरत थिए । अल्बर्ट आइन्साटइन जीवनको अन्तसम्म वैज्ञानिक खोजमा व्यस्त थिए । भक्ती थापा ७० वर्षको उमेरमा अंग्रेजसंग लडेका थिए । विन्स्टन चर्चिल बुढेसकालमा प्रधनमन्त्री बनेका थिए । संसारका थुप्रै महान व्यक्तिहरूले ५० वर्ष नाघेपछी मात्र उलेख्निए योगदान दिएका थिए ।

उमेरलाई बाधाका रूपमा लिनु हुदैन । संसारलाई अझै तपाईको योगदानको खाँचो छ । आफूलाई थकित र कमजोर रूपमा नलिनुहोस् । शरीर बुढो हुन्छ तर मन होइन । जब सम्म सास रहन्छ, जिन्दगीलाई खुलेर बाँच्नुहोस्, रमेर बाँच्नुहोस् । हाम्रो शुभकामना छ ।

Saturday, May 5, 2018

विश्व हाँसो दिवसको शुभकामना। Happy Word Laughter Day. 😆😂😂😂😂😹😅😂😂😂

खीतखीत गर्दै खीत्का छाडेर, अट्टाहसका साथ, या मनमनै, कोही मुसक्क अनि कोही फुसुक्क, के होला सोच्नुस त ? आज हामी हाँसोको कुरा गर्दै छौं । अलिक दार्शनिक कोणवाट हाँसोलाई पस्कन मन लाग्यो, विश्वको सबैभन्दा महँगो कुरा हाँसो । यी हाँसोलाई किन्नका लागि हामीले सकल जीवन खर्च गर्दछौं, हाँसो अझ एउटा यस्तो महँगो गहना जसको खोजीमा मान्छे जीवनभर भौतारिन्छ अनि भौतारिरहन्छ । 

एउटा सानो फिरफिरे पाँउदा मात्र पनि एउटा बालक हाँस्दछ, मिठो मधुर अनि हजारौं रुपैयाँले पनि किन्न नसक्ने हाँसो । सन्तानसंग भेट्न पाँउदा एउटी आमा हास्दछिन्, करोडौंले पनि खरिद गर्न नसक्ने अर्को हाँसो । 
अनि लाखौं, करोडौं बैंक ब्यालेन्स लिएर बसेको एउटा मान्छे महँगो गाडीमा सुकिलो कपडा लाएर पनि मिठो खानेकुराको भोगमा पनि एक पित्को हाँसो हाँस्न सकिरहेको हुँदैन् । हाँसो एउटा यस्तो कडी हो जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाँउदछ । महाकवीले लेखेकै छन् । 
गरिब भन्छौ सुखको मै छु धनी मिल्दैन कतै पनि 

यो एउटा वाक्याशंले हाँसो को अपार ब्याख्या गरेको छ, गरिबलाई धनी अनि धनीलाई गरिबमा छुटाउने काम हाँसोले गर्दछ। डोको बोकेको भोको पेट नै भए पनि पीपलको वोट मुनी सुस्ताँउदै एउटा मिठो सुस्केरा सहितको गीत गाई दिन्छ अनि हाँस्दछ अरबौंको हाँसो । हाँसोको यो समीकरणमा उदहारण सदैव आँउदछ कमलको फुलको अनि गुलाफको फुलको । चाहे हिलोमा होस् या काँडाभित्र ? तर फुल त मुस्कुराँउछ नै, हाँस्छ नै ।
 नारायण गोपालले गाएका गीत उल्लेख गर्न चाह्यौं । 
फाँटहरुले कसलाई पुग्छ भीरमा पनि फुलिदिन्छु, म त लालीगुराँसै भएछु । 

हाँसोको कुरामा हामी सबै फुल अनि लालीगुराँस झैै हुन जरुरी छ। फाँटहरुले मात्र कहाँ पुग्छ र ? भीरहरुमा पनि हास्न सक्नुपर्दछ । अब हाँसोको यतिका कुरा गरिसक्दा अब आआफुले आफुलाई नै प्रश्न गरौं हाम्रो जीवनमा हाँसोहरु कति उधारो राखेका छौं भनेंर ? हाँस्न नभुलौं है । दिल खोलेर हाँसौ, हसाँउन सकौं । विश्वलाई आज केही कुराको कमी छ भने त्यो हो हाँसो । मे ६ मा मनाइने यस दिवसको प्रथमपटक भने सन् १९९८ मा भारतको मुम्बईमा मनाइएको थियो । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ । आजको दिनले विश्वबन्धुत्व, भातृत्व अनि शान्तिको पनि वकालत गर्दछ । ल है हाँस्न नभुलौं अनि हरेक हाँसोमा बाँच्न नभुलौं ।एक पलमा हजार जीवन अनि एक हाँसोमा हजार खुशी छाइरहोस् । खुशीको खोजी जारी रहोस् । हेरिदिने कोही छ भनें पिरमा पनि फुलिदिन्छु ।