याद रहोस्, मार्कस पोर्सियसले ८० वर्षको उमेरमा ग्रीक भाषा सिकेका थिए । अर्नेस्टाइन हेइक हजुरआमा भएपछी संगीत क्षेत्रमा सफलताको शिखरमा पुगेकी थिइन् । माइकल एन्जेलो ८० वर्षको उमेरमा पनि महानतम् चित्रहरू कोर्दैथिए । ९० वर्षको उमेरमा सिओ स साइमोनाइडलै काव्यमा पुरस्कार जितेका थिए । गोथेले ‘फाउस्ट’ ताथा लेपोल्ड भोन राकेले ‘हिस्ट्री अफ वर्ड’ ९२ वर्षको उमेरमा सम्पन्न गरेका थिए । अल्फ्रेड टेन्नीसनले प्रख्यात ‘क्रसिङ द बार’ कविता ८३ वर्ष छदा रचेका थिए । सर आइज्याक न्युटन ८५ वर्षसम्म सक्रिएरूपमा कार्यरत थिए । अल्बर्ट आइन्साटइन जीवनको अन्तसम्म वैज्ञानिक खोजमा व्यस्त थिए । भक्ती थापा ७० वर्षको उमेरमा अंग्रेजसंग लडेका थिए । विन्स्टन चर्चिल बुढेसकालमा प्रधनमन्त्री बनेका थिए । संसारका थुप्रै महान व्यक्तिहरूले ५० वर्ष नाघेपछी मात्र उलेख्निए योगदान दिएका थिए ।
उमेरलाई बाधाका रूपमा लिनु हुदैन । संसारलाई अझै तपाईको योगदानको खाँचो छ । आफूलाई थकित र कमजोर रूपमा नलिनुहोस् । शरीर बुढो हुन्छ तर मन होइन । जब सम्म सास रहन्छ, जिन्दगीलाई खुलेर बाँच्नुहोस्, रमेर बाँच्नुहोस् । हाम्रो शुभकामना छ ।
No comments:
Post a Comment