रक्तदान जीवनदान,
जीवनदान माहादान।
पोखरा महानगरपालिका वडा नं २६, निवासि मेरो (सौरब ढुङ्गाना) बाबा/ पिता श्रीकृष्ण ढुङ्गाना मुटु रोग सम्बन्धि समस्याबाट ग्रसित भई काठमाडौं महानगरपालिका बाँसबारी स्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र अस्पतालमा २०७५-१०-२० गतेबाट भर्ना भई २४ गते मुटुको शल्यक्रिया गर्ने क्रममा हुनुहुन्छ।
मुटुको शल्यक्रियामा सबैभन्दा अत्यावश्यक रगतको ब्यबस्थापन लाई मानिन्छ। जुन व्यबस्थापन गर्न रक्त समुह बिभाजन गर्नुपर्छ। यहि क्रममा बुबाको रक्त समुह पोखरा-४, गैह्रापाटन फिस्टेल अस्पतालमा 'ए’ पोजेटिभ ('A’ Positive) पत्ता लाग्यो र त्यसैलाई आधार मानि काठमाडौंमा उपचारको क्रममा प्रस्थान भएपछि पुन रक्त समुह परिक्षण गर्दा सहिद गंगालाल अस्पतालमा 'ए’ नेगेटिभ ('A’ Negative) रक्त समुह पत्ता लाग्यो।
ल्याबको दुई थरि नतिजा देख्दा हामि बिरामिको भिजिटर नै दोसाधमा पर्यौ र पुन रगत सङ्कलन गरि युनिभर्सल हेल्थ केयर सेन्टरमा गई जाच गराउँदा पनि 'ए’ पोजेटिभ ('A’ Positive) रक्त समुह नै पत्ता लाग्यो र नतिजामा अझै पनि गंगालाल अस्पतालको ल्याब शाखाले 'ए’ पोजेटिभ ('A’ Positive) रक्त समुह भनेर रिपोटमा नतिजा दिन सकेन र हामि रक्त समूहमा अझ ठेट निर्णय लिन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहेको ब्लड बैंक (Blood Bank) मा रगतको नमुना लिएर एक बजे गयौ र बेलुका ६ बजे सम्ममा रक्त समूहको नतिजा आयो।
केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र बालकुमारी तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको ब्लड बैंक का निर्देशक डा. मनिता राजकर्णिकार र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको ब्लड बैंक डिपार्ट को हेड डा. बिपिन नेपाल सर /म्यामको गहिरो अध्ययन बाट उक्त रक्त समुह 'ए’ डियु पोजेटिभ ('A’ DU Positive) पत्ता लाग्यो। राता रक्तकोषको सतहमा डि एन्टिजेनको कम उपस्थिति भएको कारणले गर्दा उक्त रक्त समुह लाई 'ए’ पोजेटिभ वा नेगेटिभ भनि रिपोटिङ्ग गर्न नसकिएको र यस्तो रक्त समुह एक लाख जना मानिस बराबर एक जनामा मात्र फेला पर्न सक्ने डाक्टरहरुले बताउनु भयो।
जसअनुसार ग्राण्डी अस्पतालको रक्त समुहको नतिजा यस प्रकार छ।
यदि शल्यक्रियाको समयमा बिरामिलाई रगतको आवश्यकता परेको खण्डमा 'ए’ पोजेटिभ वा नेगेटिभ जुन समूह संग बिरामिको रगत क्रस म्याच गर्छ त्यहि रगत दिने तर सकेसम्म 'ए’ नेगेटिभ ('A’ Negative) रगत नै सबैभन्दा बढी उपयुक्त हुने डा. बिपिनले सल्लाह दिनुभयो। यहि सल्लाह अनुरुप गंगालाल अस्पताल को ब्लड बैंकमा क्रस म्याच गराउँदा 'ए’ पोजेटिभ र नेगेटिभ दुबै समूह म्याच गर्न गयो तर डाक्टर को सल्लाह अनुसार धेरै जनाको सहयोगमा 'ए’ नेगेटिभ रक्त समुह नै शल्यक्रियाको समयलाई तयार पारियो।
पोखरा महानगरबाट काठमाडौंमा उपचारको क्रममा आउँदा कुनै समयमा ‘ए’ नेगेटिभ र कुनै समयमा 'ए’ पोजेटिभ रगतको ब्यबस्थापन गर्नु हाम्रो लागि अति नै गम्भीर विषय थियो। जुन बिषयलाई सहज बनाउनको लागि मलाई पोखरामा मात्र नभई काठमाडौंमा समेत नयाँ नयाँ ब्यतिसंग भेट गराई मेरो कार्यलाई सहज बनाउन सहयोग गरिरहने नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की को बर्तमान अध्यक्ष तिर्थ राज अवस्थि दाइलाई सुरुमानै सम्झेर धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु र काठमाडौं जस्तो रगतको अभाव हुने ठाउँमा मलाई दिन रात खटेर 'ए’ पोजेटिभ र नेगेटिभ दुवै थरि रगत खोज्न सहयोग गर्ने काठमाण्डौं माहानगर-३०, नं. वडा कमिटि नेपाल स्वयंसेवी रक्तदाता समाजको अध्यक्ष मेरो प्यारि राधा श्रेष्ठ दिदी प्रति हृदय देखि नै धेरै धेरै आभारी छु र आउँदा दिनमा पनि यसरिनै सहयोगको अपेक्षा राख्दै निरन्तर रक्तदान गरि सबैलाई सहयोग गर्ने प्रतिबद्धता गर्दछु।
काठमाडौं महानगरको प्रत्येक ठाउँमा आवश्यक रक्त समुह को समस्या परेको बेलामा मलाई नआतिकन बस भाई भनेर बोलिको माध्यमबाट र निरन्तर जागेर सहयोग गर्नुहुने मेरो प्रिय दाई नेपाल स्वयंसेवी रक्तदाता समाज को केन्द्रिय अध्यक्ष प्रेम सागर कर्मचार्य दाई, नेगेटिभ रक्तदाता समूहको अध्यक्ष जीवन बस्नेत दाई तथा धेरै ठाउँमा आफ्नै साधनमा मलाई ओसार पसार गर्ने मेरो आत्मिय जनक मगर दाई/ सर लाई पनि धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु।
काठमाडौंको यति चिसो तथा जाडो मौसममा पनि घाम, पानि, बर्खा, झरि, बादल, हिउँ, पसिना ईत्यादि केहि पनि नभनिकन राधा श्रेष्ठ दिदी को सम्पर्क बाट मलाई भेटि मेरो बुवाको लागि 'ए’ नेगेटिभ रगत दान गर्नुहुने आदरणीय सर तथा दाई भरत मरासिनी र टंक सिलवाल ज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरले दिएको रगतले मेरो बुवालाई धेरै ठूलो सहयोग मिलेको छ रगत सहि समयमा सहि ठाउँमा प्रयोग भएको छ र आउँदा दिनमा पनि अन्य बिरामिले हजुरहरुबाट यसरिनै निरन्तर सहयोग पाउन भन्दै हजुरहरुको सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु।
नेपाल रेडक्रसको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र ग्राण्डी अस्पतालको रक्त सञ्चार सेवा केन्द्रको गहन छलफल र निर्णय पछी रगत समुहलाई मध्यनजर गर्दै बिहिबार बिहान ११:३० बजे सहिद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रमा उपचारार्थ श्रीकृष्ण ढुङ्गाना को बरिष्ठ मुटुरोग विशेषज्ञ डा. नविन गौतम र उहाँको टोलिले शल्यक्रिया धेरै राम्रोसँग सफल भएको बताउनुभयो। डाक्टर नविन गौतम लगायत उहाँको टोलिलाई धेरै धेरै धन्यवाद दिदै पछिका सम्पूर्ण शल्यक्रिया पनि सफल र राम्रो होस् भन्दै शुभकामना दिन चाहन्छु।
मलाई धेरै भन्दा धेरै सहयोग गर्नुहुने सम्पूर्ण लाई हार्दिक धन्यवाद ब्यक्त गर्दै याद भए सम्म उहाँहरुको नाम स्मरण गर्न चाहन्छु यदि मलाई याद नभई नाम छुटेमा पनि माफिको साथै असिमित सम्झना तथा न्यानो अभिवादन सम्पूर्णमा।
- डा. बिपिन नेपाल
- डा. मनिता राजकर्णिकार
- डा. नविन गौतम
- तिर्थ राज अवस्थि
- राधा श्रेष्ठ
- टंक सिलवाल
- भरत मरासिनी
- प्रेम सागर कर्मचार्य
- जीवन बस्नेत
- हेमन्त श्रेष्ठ
- शिव श्रेष्ठ
- जनक मगर
- नरोत्तम बैध
यस Blogger को बारेमा मलाई केहि सल्लाह तथा सुझाव दिनु परेमा तलको ठेगानामा सम्पर्क गर्नुहोला धन्यवाद ।
नाम:- सौरब ढुङ्गाना (Saurav Dhungana)
ठेगाना:- पो.म.न.पा-२६, बुढिबजार कास्कि
फोन नं:- 9866050350 (९८६६०५०३५०)
ईमेल:- dhunganas384@gmail.com
No comments:
Post a Comment