घान्द्रुकमा झिलीमिली हिमाल त्यसै मुनि घर,
हिमालकै फोटो खिच्दा कतै हिउँ खस्ने डर
बाटो पनि छपनि ढुङ्गा हालि सिढी मिलाको,
मान्छे पनि मनकारि जताततै मगर र गुरुङ,
दुई डाडाँको बिचमा छ है साह्रै गहिरो सुरुङ
डाँडाकाँडा भिरपाखाले मोहोनि लगायो,
घान्द्रुकले सुस्केरा हालि मैलाई बोलायो ॥
स्वदेशी र विदेशी पर्यटक कति हुन कति,
अल्लि अशिक्षित गाउँ सबैको सानैमा सिर्मति
हिमालमा एेना हेरि यो सौरब नै टोलायो,
घान्द्रुकले सुस्केरा हालि मैलाई बोलायो ॥
आदर्श र नैतिकताको रहेछ साह्रै ठूलो मान,
पर्यटकलाई नै लोभ्याउने घान्द्रुकको सान
अन्नपूर्ण गाविसमा अन्नपूर्णको सानो खोलि करायो,
घान्द्रुकले सुस्केरा हालि मैलाई बोलायो ॥
मौलिकता र संस्कृतिको रहेछ ठूलो खानि,
फर्किए घान्द्रुकबाट मेरो मनै मानि नमानि
म फर्किदा हिमालले आखाँबाट आशु बगायो,
घान्द्रुकले सुस्केरा हालि मैलाई बोलायो
घान्द्रुकले सुस्केरा हालि मैलाई बोलायो ॥
लेखक सौरब ढुङ्गाना
पो.ले.म.न.पा-२६ बुढिबजार, कास्कि
No comments:
Post a Comment