मेरो असल व्यवहार को कुनै आर्थिक मूल्यांकन नभएता पनि करोडौंको मन जित्न सक्ने क्षमता भने अवश्य पनि हुन्छ ।
Monday, January 22, 2018
प्यारी साथी नितु तिमीलाई तिम्रो १९ औं जन्मदिनको लाखौंलाख शुभकामना उहि तिम्रो पोख्रेली साथी सौरब ढुङ्गाना को तर्फबाट ।
https:/neetubthdy.saurav.blogger.com/
मेरो प्यारी साथी नितुको जन्मदिनको सुखद घडीमा नेपाली शब्दकोशमा रहेका सम्पूर्ण शुभकामनारुपी शब्दहरुको पुष्पगुच्छा अर्पित गर्न चाहन्छु । बसन्त ऋतुको फूलको थुङ्गा तिमीलाई, वर्षा ऋतुको वर्षाको पहिलो थोपा तिमीलाई, शरद ऋतुको नयाँ चामलको खिर तिमीलाई, शिशिर मासमा थरथर काम्ने यो दिल तिमीलाई, के दिउ अरु आजको दिनमा, बचेको यो सारा जीवन तिमीलाई । दुःख भागोस् अघि सुखले पक्ष्याओस्, बसन्तले तिम्रो पाउमा बाहार ओक्ष्याओस्, सबैको मुख–मुखले तिम्रै नाम लिउन्, भगवानले तिमीलाई राम्रो आशिष दिउन् । कोमल तिम्रो पाउमा काँडाले नघोचोस्, आँधी बेरी हुरीले तिम्रो बाटो नछेकोस्, हरेक पाइलामा तिमीलाई सफलता मिलोस्, दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् । तिमीले जिन्दगीमा चालेका हरेक पाईलाहरुले सफलताको शिखर चुमी रहोस, फलोस फुलोस यही छ मेरो चाहना, जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना । जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं तिम्रा हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु । तिमीजस्तो प्यारो साथी पाएकोमा भगवानजीलाई धेरै धेरै धन्यवाद दिदैँ तिम्रो जीवन सधैँ हासोँ,खुशी र सफलताले भरीयोस भनी हृदयको अन्तरकुना देखी नै प्राथना गदैँ जन्मदिनको शुभकामना दिन चाहन्छु । दुःख,पिडा,चिन्ता,रोग जतिलाई सुटुक्कै बाढीले बगाई लगोस अनि छ नि सुख, सन्तुष्टि,उमंग अनि सफलताले जतिले तिमीलाई माने के नाम अह..ए अह...बल्ल याद आयो चुम्बकले फलाम छोपे झैँ च्यापै छोपिराखोस् र तिमीले अरु मलाई केहि नदिएतापनि बेला बेलामा मिठो बोलि देउ, आमा र बाबुको मन कहिल्यै पनि नदुखाउ, जे काम गराए पनि खुरुखुरु गर, सबैसगँ राम्रो ब्यबहार गर र पढ्नमा धेरै ध्यान देउ र मैंले तिमीलाई कुनै समयमा लगाएका गुन भए तिमीले तिर्न नसके पनि सम्झि राखे ल । लौ यो वर्षलाई यसैले काम चलाउ अर्को वर्ष अलि राम्रो शुभकामना पठाउला । उहि तिमीलाई धेरै माया गर्ने तिम्रो प्रिय साथी सौरब ढुङ्गाना पोखरा चिप्लेढुङ्गा बाट ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment