Saturday, July 4, 2020

सौरब ढुङ्गाना को तर्फबाट गुरु पुर्णिमाको उपलक्ष्यमा सम्पूर्ण गुरु गुरुआमा हरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

"गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:"

अर्थात्,
"गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलाई म नमस्कार गर्दछु ।"


पुजनिय बाबा आमा,
गुरु पूर्णिमाको अवसरमा मलाई अक्षर सिकाउनु हुने प्रथम गुरू मेरो बुबाआमा, बाल्यकाल देखि आजसम्मका  सबै गुरु गुरूआमाहरु प्रति विशेष सम्मान र श्रद्धा व्यक्त गर्दछु। जीवनका हरेक मोडहरूमा हरेक क्षेत्रमा प्रेरणा, प्रभाव र शिक्षक बनेर केहीनकेही सिकाउनुहुने मेरा सबै आदरणीय गुरुजनमा र मेरो गुरुबा, शितलताको छहारी रुद्र पौडेल मा हार्दिक हार्दिक आभार ब्यक्तगर्दै सम्पूर्ण गुरुहरूलाई गुरु पुर्णिमाको  सप्रेम नमन् र हार्दिक शुभकामना दिन चाहन्छु ।

पुजनिय गुरु हजुरले दिएको ज्ञान र मेरो जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे म जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।
चाहे मुस्लिमहरूको मदर्सामा मलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक, शिक्षिकाहरू किन नहुन् हजुरहरुले सिकाएका र दिएका ज्ञानले नै मैले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेको हुँ।

स्कुल मा पढाउदा होस् या बाटोमा भेट्दा जुनसुकै समयमा पनि मलाई माया, ममता, हौसला, स्नेह र प्रेरणा दिनुभयो, मैंले गरेका प्रश्नहरुको उत्तर दिनुभयो। कहिलेकाहीँ गल्ति गरे, नराम्रो बोले तर पनि मलाई हैन मेरो बानिलाई पिट्नु भयो, धेरै कुराहरु पालना गरि नियम र अधिनमा चल्न सिकाउनुभयो‌।‌‍
सर  मैले किन राम्ररि पढ्न जान्दिन भनेर सोध्दा, हेर त उ त्यो चन्द्रमा मा किन दाग छ तिमीलाई थाहा छ ? नाई सर थाहा छैन। किनकि त्यो चन्द्रमा अहिले अपुरो उदाएको छ, जब त्यो पुरा उदाउछ तब त्यो दाग हराउँछ हो तिमी पनि अहिले त्यस्तै अर्धकाचो छौ जब तिमि आलि ठूलो हुन्छौ तब तिमीले पनि पढ्न जान्ने छौ।
यस्ता कयौ उदाहरण दिदै धेरै सहज रुपमा हरेक कुरा बुझाउनुभयो
आज आलिकति बाबुआमाको झगडाले घरमा नराम्रो असर पार्यो, दु:ख पर्यो भनेर मैले आशु झार्दा,
हैट लाटा “सुख त आति हे जाति हे, दु:ख त हामरा साथि हे” भन्दै सम्झाउनु हुन्थ्यो।

फ्रेस मोड बनाएर रोमान्टिक रुपमा पढाउनको लागि
अर्घौ चोकाको गर्मिले सताउला अनि माया चौतारिमा बसौला ।।
तिमी पनि उस्तै म पनि उस्तै जाउ हिड भैरहवा, खोज्न आउछन् तिम्रा दाई हाम्रा बा ‌।।
आफ्नै हात, जगन्नाथ
जस्ता धेरै उखान टुक्का, गित, गजल आदि गाएर सुनाएर पढाउने बानिले म पनि केहि हदसम्म टाठो बाठो बन्न सके जस्तो लाग्छ।
जो कोहि ले पनि काहा पढेको होस् भनेर सोध्दा लक्ष्मी माध्यमिक विद्यालय अर्घौमा पढेको छु मलाई फलानो फलानो गुरुहरुले पढाएका हुन् भनेर भन्दा पनि गर्व लाग्छ, शान बढ्छ, मान बढ्छ, ईज्जत, गौरब र प्रतिष्ठा बढ्छ यहि नै मेरो सबैभन्दा ठूलो कुरा हो गुरु गुरुआमा। नविन माध्यमिक विद्यालय का मेरो गुरु गुरुआमा, मेरो कविता र गजल नसुनि आफ्नो पाठ सुरु नगर्ने मेरो ठुलो फ्यान मेरो गुरु, म बिना कक्षा रमाईलो नमान्ने मेरो गुरुआमा सम्पुर्ण लाई चिन्न, जान्न र बुझ्न पाउँदा मलाई असाध्यै गर्व लाग्छ। साथै पिएन क्याम्पस मा मलाई पठाउने गुरुहरुको पनि धेरै साथ र सहयोग छ।

अझै पनि म हजुरहरुकै माया, ममता, हौसला र प्रेरणा चाहन्छु, हरेक जटिल कुरामा हजुरको जवाफ चाहन्छु, कुनै नयाँ काम गर्दा हजुरकै निर्णय चाहन्छु, गल्ति गरेमा हजुरबाटै सजाय चाहन्छु, हजुरको दु:खमा संगै रुन र खुसिमा संगै हास्न चाहन्छु । तर यति विश्वास गर्नु गुरु गुरुआमा हजुरको इज्जतमा आच आउने र हजुरको शिर झुकाउने काम यो सौरब बाट कदापि हुने छैन्।

एकफेर मैंले सोचे, मलाई जिन्दगीले कति धेरै कुराहरु सिकाएको छ । जस्तै म सहि र गलतमा फरक छुट्याउन सक्छु, वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छु, मैले कुनै बखत सहि कुरा र पथ छाने या छानिन भनेपनि मैले आफ्ना पाइलाहरु कतातिर जाँदैछ भनेर अरुकसैलाई सोध्नै पर्दैन, हृदयको स्पन्दनले आफै मैले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ । गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरुतत्वले आवाज निकाल्छ, नाँई! त्यसो नगर त्यो गलत हो भनेर तर त्यो आवाज मैले पालना गरेकै हुन्छु किनकि मैले गुरुहरुबाट असल शिक्षा पाएको छु। यस अर्थमा मेरो भित्रपनि एउटा गुरुतत्व रहेको छ र सत्यलाई आत्मसाथ गर्नसके म भित्र गुरुतत्व सदैव उपस्थित रहिरहन्छ।

अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई आजको दिन कोटी कोटी नमन गर्दछु। गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै आगामि दिनमा पनि म ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र अठोट गर्दछु।

अन्त्यमा अझै पनि म हजुरहरुकै माया, ममता, हौसला र प्रेरणा चाहन्छु, हरेक जटिल कुरामा हजुरको जवाफ चाहन्छु, कुनै नयाँ काम गर्दा हजुरकै निर्णय चाहन्छु, गल्ति गरेमा हजुरबाटै सजाय चाहन्छु, हजुरको दु:खमा संगै रुन र खुसिमा संगै हास्न चाहन्छु । तर यति विश्वास गर्नु गुरु गुरुआमा हजुरको इज्जतमा आच आउने र हजुरको शिर झुकाउने काम यो सौरब बाट कदापि हुने छैन्। हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।" भनि समस्त गुरुहरुसँग आशिर्वाद मागि

चेलालाई चिनी बनाउने गुरु । ति गुरुहरु अमर रहनु।
गुरुलाई गु बनाउने चेला । ति चेलाहरु चिरायी बनुन।
भन्दै असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला,
गुरु पुर्णिमाको हार्दिक मगंलमय शुभकामना।

यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस्  र अध्यात्मिक शान्ति होस् ।

सदा गुरुहरुकै आज्ञाकारी र मेहेनति बिद्यार्थी
                   सौरब ढुङ्गाना
पोखरा महानगरपालिका-२६, बुढिबजार, कास्कि।

Meet  Me On 👇

Tuesday, January 28, 2020

विद्यार्थी क्याम्पस आउँछन् पढ्न पाउँदैनन्, शिक्षक क्याम्पस आउँछन् पढाउँदैनन्। सन्दर्भ पिएन क्याम्पस पोखरा। by Saurav.

विद्यार्थी क्याम्पस आउँछन् पढ्न पाउँदैनन्,
शिक्षक क्याम्पस आउँछन् पढाउँदैनन्।
PN Campus Pokhara Gate. Photo Edited By Saurav Dhungana.




गत आईतबार देखि पिन क्याम्पस पोखरा-१, बगरमा पठनपाठन ठप्प रहेको छ। फलस्वरूप आज पनि बिद्यार्थीहरुले 
क्याम्पस प्रशासन होसियार !
हामीलाई पढ्ने बेवास्ता मिला
१५ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाईदैन भन्दै क्याम्पस प्रशासनलाई चेतावनी दिएका छन्।

पृथ्वीनारायण क्याम्पस अर्थात पिएन क्याम्पस पोखराकै जेठो र देशकै सबैभन्दा ठूलो क्याम्पस हो । यो क्याम्पस अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल र भविष्यको विश्वविद्यालय पनि हो । यसै क्याम्पसका उत्पादन राजनीतिका साथै अन्य क्षेत्रको निकै उच्च ओहोदामा पुगिसकेका छन् ।


यहाँ अहिले पनि १५ हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका, गरिबदेखि धनीसम्मका छोराछोरीको भविष्यको गारेटो कोरिदिने थलो हो, पृथ्वीनारायण क्याम्पस ।
यो क्याम्पसलाई राजनीतिको उद्गम थलोकारुपमा पनि लिइन्छ । यहाँबाट विद्यार्थी राजनीति गरेकाहरु नेपालको राजनीतिमा महत्वपूर्ण पदमा पुगिसकेका छन् । यस क्याम्पसले हजारौं प्रोफेसर जन्माइसकेको छ ।
शिक्षा क्षेत्रको यस्तो महत्वपूर्ण र १४ हजार भन्दा बढी विद्यार्थीको भविष्यसंग गाँसिएको छ पृथ्वीनारायण क्याम्पस । तर यस क्याम्पसमा यतिबेला पठनपाठन ठप्प छ । विद्यार्थी क्याम्पस आउँछन् पढ्न पाउँदैछन्, शिक्षक क्याम्पस आउँछन् पढाउँदैनन् । लुकामारी खेलजस्तो भइरहेको छ यस क्याम्पसमा ।
यसको एकमात्र कारण हो क्याम्पसमा १४ वर्षदेखि पढाइरहेका ज्यालादारी शिक्षकहरुको आन्दोलन । क्याम्पसमा दैनिक ज्यालादारीमा पढाउने शिक्षक २ सय १४ जना छन् । उनीहरु २ वटा माग लिएर आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले समान कामको समान ज्याला मासिकरुपमा पाउनुपर्ने र क्याम्पसका रिक्त दरवन्दीमा ज्यालादारी शिक्षकहरुबाटै नियुक्ति हुनुपर्ने माग गरेका छन् । उनीहरुले यी माग अब पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् ।
क्याम्पसको पठनपाठन नै ठप्प भएपछि क्याम्पसमा  पढ्न भनि आएका  बिद्यार्थीहरु पनि निराश हुँदै घर फर्किरहेका छन् । आन्दोलनरत शिक्षकहरु घाम तापेर बसिरहेका छन् ।
आफ्नो कार्यकक्षमा ताला लागेका कारण सहायक तथा निमित्त क्याम्पस प्रमुख उपेन्द्र पौडेल अन्यत्रै कोठामा बसेर काम गरिरहेका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेका आशिंक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले आफूहरुले यी २ माग राख्दै आएको १४ वर्ष पुग्दा समेत वेवास्ता गरेपछि आफूहरु बाध्य भएर कडा आन्दोलन गर्नुपरेको बताउनुभयो।
उहाँले सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिई प्राध्यापन पेशामा लगाएको आरोप लगाउँदै अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने र आवश्यक परे सामूहिक राजीनामा दिने चेतावनी समेत दिनुभयो ।
उहाँले विद्यार्थीको भविष्यप्रति निकै चिन्ता लागेको तर आफूहरु आन्दोलन गर्न बाध्य भएको बताउनुभयो। यता क्याम्पस सहायक तथा निमित्त क्याम्पस प्रमुख उपेन्द्र पौडेलले शिक्षकहरुको माग जायज भए पनि आन्दोलन ठीक नभएको बताउनुभयो ।
उनले आन्दोलनले हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड हुने भन्दै यो समस्या समाधानमा पहल भइरहेको बताए । साथै उनले यही समस्या दिएर क्याम्पस प्रमुख प्राध्यापक डाक्टर चन्द्रबहादुर थापा त्रिविविको केन्द्रीय कार्यालयमा जानुभएको जानकारी दिए । निमित्ति क्याम्पस प्रमुख पौडेलले यो समस्या समाधान छिट्टै हुने विश्वाससमेत व्यक्त गरे ।
यता, विद्यार्थीहरुले शिक्षकहरुको माग निकै जायज भए पनि पढाइ रोक्नु गम्भीर गल्ती भएको बताए । उनीहरुले कि त शिक्षकले पढाउनु पर्यो, कि त क्याम्पसले अर्को विकल्प दिनुपर्ने भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।
नेविसंघ पिएन क्याम्पसका सभापति दीपक शर्मा वाग्लेले शिक्षकको माग जायज भए पनि आन्दोलनको नाममा पढाइ नै रोक्नु नाजायज भएको बताए । उनले कसैको अधिकारको माग राख्दै गर्दा हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने बताए ।
वाग्लेले भने, ‘क्याम्पसले समस्या मिलाउन सक्छ भने मिलाउनुपर्यो, अर्को विकल्प दिन सक्छ दिनुपर्यो । विद्यार्थीले जसरी पनि पढ्न पाउनुपर्छ । होइन भने क्याम्पसले २१४ जना शिक्षकलाई नै वर्खास्त गर्नुपर्छ । त्यो पनि नभए असक्षम भएँ भन्दै क्याम्पस प्रमुखले राजीनामा दिनुपर्छ ।’
‘विद्यार्थीहरूको माग जसरी पनि पढ्न पाउनुपर्छ भन्ने हो । हामी क्याम्पस र शिक्षक दुवैको पक्ष र विपक्षमा छैनौं’, उनले भने ।
अनेरास्ववियु पिएन क्याम्पस इकाइ कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानलेले प्राध्यापकहरूको समस्या जटिल हो तर आन्दोलनका नाममा विद्यार्थीको पठनपाठनमा कुनै अवरोध गर्न नहुने बताए ।
उनले बुधबारसम्म आफूहरुले पढ्न नपाए सबै विद्यार्थी संगठनलाई साथमा लिएर आन्दोलन गर्ने चेतावनी दिए ।
शिक्षकहरुका माग निकै जायज छन् । यो सबैले महसूस गरेकै कुरा हो । तर आफ्नो माग राख्दै गर्दा १५ हजार विद्यार्थीको भविष्यतर्फ पनि शिक्षकहरुले ध्यान दिनुपथ्र्यो, त्यो त्यस्तो हुन सकेन । १४ वर्षसम्म शिक्षकहरुको अधिकारलाई कुल्चँदै मागलाई वेवास्ता गर्नु त्रिभुवन विश्वविद्यालयका जिम्मेवार व्यक्तिको लाचारीपन हो । क्याम्पस जस्तो संवेदनशील र हजारौं विद्यार्थीको भविष्यसंग जोडिएको ठाउँमा आन्दोलन जायज पक्कै हुँदैन र सुहाउँदैन पनि ।नहुनु पर्ने र्आन्दोल शुरु भइसक्यो । शिक्षकहरुको जायज मागलाई सधैंभरि दवाएर राख्नु पनि हुँदैन । यसतर्फ विशेषगरि त्रिविविका जिम्मेवार व्यक्तिको ध्यान बेलैमा जान आवश्यक छ ।
शिक्षकको मागलाई संवोधन गर्न र पठनपाठन सुचारु गर्न त्रिविवि, क्याम्पस प्रशासनका साथै आन्दोलनरत शिक्षकहरु, राजनीतिक दलहरु र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले समन्वकारी भूमिका खेल्न जरुरी छ । चाडो भन्दा चाडो समस्या को समाधान भएर पठन पाठन सुरु होस् विद्यार्थीको भविष्यमाथि खेलवाड नहोस्।

About The Blogger.
Saurav Dhungana


Monday, January 27, 2020

अन्तरजातीय बिवाहा यतिबेला स्वीकार्छन् जब दलित केटा अमेरीका,अस्ट्रेलियाको पिआरवाला हुन्छ। ✍️ सरु सुनार


अजित मिजार अमेरिकाको पिआरवाला भए के उसलाई ठुला जातको छोरी बिवाहा गर्ने आट गरिस भनी मारिन्थ्यो र ?

अहिले सामाजिक संजालमा २,४ ओटा अन्तरजातीय मागी बिवाहाले खुब चर्चा पाएको छ । ओहो ! कति नै ठुलो कुरा , महान कुरा लौं दलित केटालाई ज्वाइँ भनी गोडा धोए रे? जतिसुकै ठुला र महानता देखाए पनि , बने पनि हामी बुझ्न सक्छौ यो समाजले यतिबेला दलितहरुको अस्तित्वलाई स्वीकार गर्छ उतिबेला उसलाई फाइदा हुन्छ ।

आर्थिक रूपमा सम्पन्न र युरोप , अमेरिका, अस्ट्रेलिया, क्यानाडा , हङकङ जस्ता देशहरुको पिआर भएको दलित केटा र परिवार हुन्छ । या त नेपाल मै आफू भन्दा आर्थिक रूपमा सम्पन्न र प्रतिष्ठित हुन्छ तब अन्तरजातिय मागी बिवाहा समाजको परिबर्तनको लागि भनी चर्चा बटुलिन्छ । यदि दलितको अस्तित्व र केटा र परिवारलाई साच्चिकै स्वीकार गर्ने हो भने एउटा दलित केटीलाई बुहारी बनाउन चौडा छाती गराउने हो भने आज पनि अन्तरजातीय बिवाहा गर्दा एउटा ब्रामण थरकी कल्पना पराजुलीलाई प्रेम गरि विवाह गर्दा काभ्रे , पाँचखालको अजित मिजार दलित युवालाई झुन्डाइन्थेन होला पाँच बर्ष अगि प्रेम बिवाहा गरेको दलित युवकको लास आजसम्म टिचिङ हस्पिटलमा सडेर बस्ने थिएन ।

यदि अजित मिजार अमेरिकाको पिआरवाला भए के उसलाई ठुला जातको छोरी बिवाहा गर्ने आट गरिस भनी मारिन्थ्यो र ? अँह मारिदैनथ्यो मेरो छोरी पनि अमेरिका जान पाउनी भइ भनी ज्वाइँ पुजिन्थ्यो। उदयपुर ,कटारी नगरपालिका ४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारकी १७ वर्षिया संगिता बिश्वकर्मालाइ दलित बुहारी स्वीकार नगरी श्रीमान , ससुरा , देवर सबै परिवार मिलि हत्या गरि जङ्गलमा १४ कार्तिक २०७४ मा फालेका थिए । आर्थिक अबस्था कमजोर भएका गरिब दलित युवासग बिवाहा गरेमा ठुला जात भन्नेहरुले आफ्नो छोरी फर्काउने कि त बालबिवाह कि त बलात्कारको मुद्दा लगाइ कयौं अन्तरजातीय बिवाहा गरेका दलित युवा अहिले पनि बलात्कार र बालबिवाहको मुद्दामा जेलमा सडिरहेका छन् ।

अहिले पनि दलित समुदायलाई संमानपुर्बक स्वीकार गर्ने अबस्था समाजमा छैन तर यदाकदा सकारात्मक बिभेद भने भएको पाइन्छ । समाजमा थुप्रै उदाहरण छन् कुन र कस्तो लेबलको दलित परिवारलाईउनिहरु बैबाहिक सम्बन्ध गाँस्न तयार हुन्छन् भन्ने कुरा समाज परिबर्तन त यतिबेला हुन्छ जहाँ गरिब , निमुखा दलित समुदायका छोरी,चेलीबेटीलाई जात र धनसम्पत्ती नहेरी बुहारी स्वीकार्छन् र एउटा दुरदराजको इमानदार गरिब दलित युवालाई छोरीले प्रेम गर्दा बिवाहा गर्दा सजिलै स्वीकार गरि अपनाउछ्न् । अँह त्यो अझैं हुन सकेको छैन । त्यसैले केही अमेरिका ,अस्ट्रेलियाका पिआरवाला दलित युवासंग प्रेम पछीको मागी बिवाहा र मागी नै बिवाहा भयो भन्दैमा समाज परिबर्तन हुन्छ र भयो भन्ने होईन ।

जातीय बिभेदको शिकार धनी र सम्पन्न होईन अमेरिका , अस्ट्रेलियामा बस्नेलाई होईन दुर दराज , गाउँमा बस्ने निमुखा दलितहरु नै भएका छन् र परिबर्तन र आत्मसंम्मान पनि यिनै निमुखाहरुलाइ चाहिएको हो । एउटा गरिब दलितकेटालाई ज्वाइँ भनी गोडा धुने हिम्मत छ ? एउटा गरिब दलित केटीलाई बुहारी भनी भित्राउने साहस छ ? अँह छैन । सामाजिक परिबर्तन यिनैबाट सुरु गर्ने हिम्मत गरौं सबै रूपमा सम्पन्न र अब्बल दलितलाई न त जातीय बिभेद खेप्नु परेको छ न त आफुलाइ दलित नै भन्छन् । मैले जोडन खोजेको यतिमात्र हो मन मिले र प्रेम भए धनी दलित परिवारसंग बिवाहा हुन्छ तर मन मिले र प्रेम भए पनि एउटा दुरदराजको गरिब दलित केटा भने ज्वाई बन्न लाएक बन्दैन ऊ दलित हुन्छ यो तितो यथार्थ हो । त्यसैले समाज परिबर्तन जसले पीडा भोगेको र बिभेद खेपेको छ उसलाई आबस्यक छ ।

दलित र गैरदलित बिच मागी बिवाहा हुँदा दलित केटा अमेरिका या अस्ट्रेलियाको पिआरवाला नै भएको बिवाहाको उदाहरण सामाजिक संजालमा भाइरल छन् । फेरि पनि धनी र पिआरवाला बिच अन्तरजातीय बिवाह भए पनि समानजनक छ जुन समाजपरिबर्तनको लागी नभए पनि उनीहरुको सुखद दाम्पत्य जीवनको लागी राम्रो हुनेछ ।

त्यसैले दिन दिनै अन्तरजातीय बिवाहा गर्दा दलित चेलीलाई मारेका , बहिस्कार गरेका हजारौं घटना र अन्तरजातीय बिवाहा गर्दा दलित केटा मारेका उसको बुवालाइ मारेका घटना भने ताजै छन् अहिले पनि अन्तरजातीय आर्थिक अबस्था कमजोर हुने दलित परिवारलाई स्विकार गरेको अबस्था छैन । फेरि पनि सबैको सकारात्मक सोचको बिकास होस् बिवाहा प्रेम जात धर्म , पैसासग तुलना गर्ने र हेरिने विषय होईन समाजमा चोखो प्रेम गर्ने र बिवाहा बन्धनमा बाधिने दलित होस् गैरदलित जातको आधारमा नहेरी प्रेमको आखाबाट हेरियोस र स्वीकार गरियोस् समाज परिबर्तन गर्न सुरुवात आफैंबाट गरौं । अन्तरजातीय बिवाहित जोडीलाई संमान , नमन ।

सरु सुनार , सन्चारकर्मी तथा महिला अधिकारकर्मी।

Share This News On....
Facebook / YouTube / Twitter / What's App


News From
Thahaonline.com | थाहा अनलाइन:/ parichayanews.com

About The Blogger
Please let me know from Facebook ✍️✍️
Facebook