Tuesday, January 28, 2020

विद्यार्थी क्याम्पस आउँछन् पढ्न पाउँदैनन्, शिक्षक क्याम्पस आउँछन् पढाउँदैनन्। सन्दर्भ पिएन क्याम्पस पोखरा। by Saurav.

विद्यार्थी क्याम्पस आउँछन् पढ्न पाउँदैनन्,
शिक्षक क्याम्पस आउँछन् पढाउँदैनन्।
PN Campus Pokhara Gate. Photo Edited By Saurav Dhungana.




गत आईतबार देखि पिन क्याम्पस पोखरा-१, बगरमा पठनपाठन ठप्प रहेको छ। फलस्वरूप आज पनि बिद्यार्थीहरुले 
क्याम्पस प्रशासन होसियार !
हामीलाई पढ्ने बेवास्ता मिला
१५ हजार विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न पाईदैन भन्दै क्याम्पस प्रशासनलाई चेतावनी दिएका छन्।

पृथ्वीनारायण क्याम्पस अर्थात पिएन क्याम्पस पोखराकै जेठो र देशकै सबैभन्दा ठूलो क्याम्पस हो । यो क्याम्पस अन्तर्राष्ट्रिय स्तरमै ख्याति कमाउन सफल र भविष्यको विश्वविद्यालय पनि हो । यसै क्याम्पसका उत्पादन राजनीतिका साथै अन्य क्षेत्रको निकै उच्च ओहोदामा पुगिसकेका छन् ।


यहाँ अहिले पनि १५ हजारको हाराहारीमा विद्यार्थी अध्ययनरत छन् । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका, गरिबदेखि धनीसम्मका छोराछोरीको भविष्यको गारेटो कोरिदिने थलो हो, पृथ्वीनारायण क्याम्पस ।
यो क्याम्पसलाई राजनीतिको उद्गम थलोकारुपमा पनि लिइन्छ । यहाँबाट विद्यार्थी राजनीति गरेकाहरु नेपालको राजनीतिमा महत्वपूर्ण पदमा पुगिसकेका छन् । यस क्याम्पसले हजारौं प्रोफेसर जन्माइसकेको छ ।
शिक्षा क्षेत्रको यस्तो महत्वपूर्ण र १४ हजार भन्दा बढी विद्यार्थीको भविष्यसंग गाँसिएको छ पृथ्वीनारायण क्याम्पस । तर यस क्याम्पसमा यतिबेला पठनपाठन ठप्प छ । विद्यार्थी क्याम्पस आउँछन् पढ्न पाउँदैछन्, शिक्षक क्याम्पस आउँछन् पढाउँदैनन् । लुकामारी खेलजस्तो भइरहेको छ यस क्याम्पसमा ।
यसको एकमात्र कारण हो क्याम्पसमा १४ वर्षदेखि पढाइरहेका ज्यालादारी शिक्षकहरुको आन्दोलन । क्याम्पसमा दैनिक ज्यालादारीमा पढाउने शिक्षक २ सय १४ जना छन् । उनीहरु २ वटा माग लिएर आन्दोलनमा उत्रिएका हुन् ।
उनीहरुले समान कामको समान ज्याला मासिकरुपमा पाउनुपर्ने र क्याम्पसका रिक्त दरवन्दीमा ज्यालादारी शिक्षकहरुबाटै नियुक्ति हुनुपर्ने माग गरेका छन् । उनीहरुले यी माग अब पूरा नभए सामूहिक राजीनामा दिने चेतावनी समेत दिएका छन् ।
क्याम्पसको पठनपाठन नै ठप्प भएपछि क्याम्पसमा  पढ्न भनि आएका  बिद्यार्थीहरु पनि निराश हुँदै घर फर्किरहेका छन् । आन्दोलनरत शिक्षकहरु घाम तापेर बसिरहेका छन् ।
आफ्नो कार्यकक्षमा ताला लागेका कारण सहायक तथा निमित्त क्याम्पस प्रमुख उपेन्द्र पौडेल अन्यत्रै कोठामा बसेर काम गरिरहेका छन् ।
आन्दोलनको नेतृत्व गरिरहेका आशिंक प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष सुनिल गौतमले आफूहरुले यी २ माग राख्दै आएको १४ वर्ष पुग्दा समेत वेवास्ता गरेपछि आफूहरु बाध्य भएर कडा आन्दोलन गर्नुपरेको बताउनुभयो।
उहाँले सामान्य तल्लोस्तरको श्रमको मूल्य पनि नदिई प्राध्यापन पेशामा लगाएको आरोप लगाउँदै अब माग पूरा नभएसम्म आन्दोलन नरोकिने र आवश्यक परे सामूहिक राजीनामा दिने चेतावनी समेत दिनुभयो ।
उहाँले विद्यार्थीको भविष्यप्रति निकै चिन्ता लागेको तर आफूहरु आन्दोलन गर्न बाध्य भएको बताउनुभयो। यता क्याम्पस सहायक तथा निमित्त क्याम्पस प्रमुख उपेन्द्र पौडेलले शिक्षकहरुको माग जायज भए पनि आन्दोलन ठीक नभएको बताउनुभयो ।
उनले आन्दोलनले हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड हुने भन्दै यो समस्या समाधानमा पहल भइरहेको बताए । साथै उनले यही समस्या दिएर क्याम्पस प्रमुख प्राध्यापक डाक्टर चन्द्रबहादुर थापा त्रिविविको केन्द्रीय कार्यालयमा जानुभएको जानकारी दिए । निमित्ति क्याम्पस प्रमुख पौडेलले यो समस्या समाधान छिट्टै हुने विश्वाससमेत व्यक्त गरे ।
यता, विद्यार्थीहरुले शिक्षकहरुको माग निकै जायज भए पनि पढाइ रोक्नु गम्भीर गल्ती भएको बताए । उनीहरुले कि त शिक्षकले पढाउनु पर्यो, कि त क्याम्पसले अर्को विकल्प दिनुपर्ने भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।
नेविसंघ पिएन क्याम्पसका सभापति दीपक शर्मा वाग्लेले शिक्षकको माग जायज भए पनि आन्दोलनको नाममा पढाइ नै रोक्नु नाजायज भएको बताए । उनले कसैको अधिकारको माग राख्दै गर्दा हजारौं विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न नहुने बताए ।
वाग्लेले भने, ‘क्याम्पसले समस्या मिलाउन सक्छ भने मिलाउनुपर्यो, अर्को विकल्प दिन सक्छ दिनुपर्यो । विद्यार्थीले जसरी पनि पढ्न पाउनुपर्छ । होइन भने क्याम्पसले २१४ जना शिक्षकलाई नै वर्खास्त गर्नुपर्छ । त्यो पनि नभए असक्षम भएँ भन्दै क्याम्पस प्रमुखले राजीनामा दिनुपर्छ ।’
‘विद्यार्थीहरूको माग जसरी पनि पढ्न पाउनुपर्छ भन्ने हो । हामी क्याम्पस र शिक्षक दुवैको पक्ष र विपक्षमा छैनौं’, उनले भने ।
अनेरास्ववियु पिएन क्याम्पस इकाइ कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानलेले प्राध्यापकहरूको समस्या जटिल हो तर आन्दोलनका नाममा विद्यार्थीको पठनपाठनमा कुनै अवरोध गर्न नहुने बताए ।
उनले बुधबारसम्म आफूहरुले पढ्न नपाए सबै विद्यार्थी संगठनलाई साथमा लिएर आन्दोलन गर्ने चेतावनी दिए ।
शिक्षकहरुका माग निकै जायज छन् । यो सबैले महसूस गरेकै कुरा हो । तर आफ्नो माग राख्दै गर्दा १५ हजार विद्यार्थीको भविष्यतर्फ पनि शिक्षकहरुले ध्यान दिनुपथ्र्यो, त्यो त्यस्तो हुन सकेन । १४ वर्षसम्म शिक्षकहरुको अधिकारलाई कुल्चँदै मागलाई वेवास्ता गर्नु त्रिभुवन विश्वविद्यालयका जिम्मेवार व्यक्तिको लाचारीपन हो । क्याम्पस जस्तो संवेदनशील र हजारौं विद्यार्थीको भविष्यसंग जोडिएको ठाउँमा आन्दोलन जायज पक्कै हुँदैन र सुहाउँदैन पनि ।नहुनु पर्ने र्आन्दोल शुरु भइसक्यो । शिक्षकहरुको जायज मागलाई सधैंभरि दवाएर राख्नु पनि हुँदैन । यसतर्फ विशेषगरि त्रिविविका जिम्मेवार व्यक्तिको ध्यान बेलैमा जान आवश्यक छ ।
शिक्षकको मागलाई संवोधन गर्न र पठनपाठन सुचारु गर्न त्रिविवि, क्याम्पस प्रशासनका साथै आन्दोलनरत शिक्षकहरु, राजनीतिक दलहरु र क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले समन्वकारी भूमिका खेल्न जरुरी छ । चाडो भन्दा चाडो समस्या को समाधान भएर पठन पाठन सुरु होस् विद्यार्थीको भविष्यमाथि खेलवाड नहोस्।

About The Blogger.
Saurav Dhungana


No comments:

Post a Comment