Monday, January 27, 2020

अन्तरजातीय बिवाहा यतिबेला स्वीकार्छन् जब दलित केटा अमेरीका,अस्ट्रेलियाको पिआरवाला हुन्छ। ✍️ सरु सुनार


अजित मिजार अमेरिकाको पिआरवाला भए के उसलाई ठुला जातको छोरी बिवाहा गर्ने आट गरिस भनी मारिन्थ्यो र ?

अहिले सामाजिक संजालमा २,४ ओटा अन्तरजातीय मागी बिवाहाले खुब चर्चा पाएको छ । ओहो ! कति नै ठुलो कुरा , महान कुरा लौं दलित केटालाई ज्वाइँ भनी गोडा धोए रे? जतिसुकै ठुला र महानता देखाए पनि , बने पनि हामी बुझ्न सक्छौ यो समाजले यतिबेला दलितहरुको अस्तित्वलाई स्वीकार गर्छ उतिबेला उसलाई फाइदा हुन्छ ।

आर्थिक रूपमा सम्पन्न र युरोप , अमेरिका, अस्ट्रेलिया, क्यानाडा , हङकङ जस्ता देशहरुको पिआर भएको दलित केटा र परिवार हुन्छ । या त नेपाल मै आफू भन्दा आर्थिक रूपमा सम्पन्न र प्रतिष्ठित हुन्छ तब अन्तरजातिय मागी बिवाहा समाजको परिबर्तनको लागि भनी चर्चा बटुलिन्छ । यदि दलितको अस्तित्व र केटा र परिवारलाई साच्चिकै स्वीकार गर्ने हो भने एउटा दलित केटीलाई बुहारी बनाउन चौडा छाती गराउने हो भने आज पनि अन्तरजातीय बिवाहा गर्दा एउटा ब्रामण थरकी कल्पना पराजुलीलाई प्रेम गरि विवाह गर्दा काभ्रे , पाँचखालको अजित मिजार दलित युवालाई झुन्डाइन्थेन होला पाँच बर्ष अगि प्रेम बिवाहा गरेको दलित युवकको लास आजसम्म टिचिङ हस्पिटलमा सडेर बस्ने थिएन ।

यदि अजित मिजार अमेरिकाको पिआरवाला भए के उसलाई ठुला जातको छोरी बिवाहा गर्ने आट गरिस भनी मारिन्थ्यो र ? अँह मारिदैनथ्यो मेरो छोरी पनि अमेरिका जान पाउनी भइ भनी ज्वाइँ पुजिन्थ्यो। उदयपुर ,कटारी नगरपालिका ४ सिम्लेमा उदयपुरगढी ५ बाहुनीटारकी १७ वर्षिया संगिता बिश्वकर्मालाइ दलित बुहारी स्वीकार नगरी श्रीमान , ससुरा , देवर सबै परिवार मिलि हत्या गरि जङ्गलमा १४ कार्तिक २०७४ मा फालेका थिए । आर्थिक अबस्था कमजोर भएका गरिब दलित युवासग बिवाहा गरेमा ठुला जात भन्नेहरुले आफ्नो छोरी फर्काउने कि त बालबिवाह कि त बलात्कारको मुद्दा लगाइ कयौं अन्तरजातीय बिवाहा गरेका दलित युवा अहिले पनि बलात्कार र बालबिवाहको मुद्दामा जेलमा सडिरहेका छन् ।

अहिले पनि दलित समुदायलाई संमानपुर्बक स्वीकार गर्ने अबस्था समाजमा छैन तर यदाकदा सकारात्मक बिभेद भने भएको पाइन्छ । समाजमा थुप्रै उदाहरण छन् कुन र कस्तो लेबलको दलित परिवारलाईउनिहरु बैबाहिक सम्बन्ध गाँस्न तयार हुन्छन् भन्ने कुरा समाज परिबर्तन त यतिबेला हुन्छ जहाँ गरिब , निमुखा दलित समुदायका छोरी,चेलीबेटीलाई जात र धनसम्पत्ती नहेरी बुहारी स्वीकार्छन् र एउटा दुरदराजको इमानदार गरिब दलित युवालाई छोरीले प्रेम गर्दा बिवाहा गर्दा सजिलै स्वीकार गरि अपनाउछ्न् । अँह त्यो अझैं हुन सकेको छैन । त्यसैले केही अमेरिका ,अस्ट्रेलियाका पिआरवाला दलित युवासंग प्रेम पछीको मागी बिवाहा र मागी नै बिवाहा भयो भन्दैमा समाज परिबर्तन हुन्छ र भयो भन्ने होईन ।

जातीय बिभेदको शिकार धनी र सम्पन्न होईन अमेरिका , अस्ट्रेलियामा बस्नेलाई होईन दुर दराज , गाउँमा बस्ने निमुखा दलितहरु नै भएका छन् र परिबर्तन र आत्मसंम्मान पनि यिनै निमुखाहरुलाइ चाहिएको हो । एउटा गरिब दलितकेटालाई ज्वाइँ भनी गोडा धुने हिम्मत छ ? एउटा गरिब दलित केटीलाई बुहारी भनी भित्राउने साहस छ ? अँह छैन । सामाजिक परिबर्तन यिनैबाट सुरु गर्ने हिम्मत गरौं सबै रूपमा सम्पन्न र अब्बल दलितलाई न त जातीय बिभेद खेप्नु परेको छ न त आफुलाइ दलित नै भन्छन् । मैले जोडन खोजेको यतिमात्र हो मन मिले र प्रेम भए धनी दलित परिवारसंग बिवाहा हुन्छ तर मन मिले र प्रेम भए पनि एउटा दुरदराजको गरिब दलित केटा भने ज्वाई बन्न लाएक बन्दैन ऊ दलित हुन्छ यो तितो यथार्थ हो । त्यसैले समाज परिबर्तन जसले पीडा भोगेको र बिभेद खेपेको छ उसलाई आबस्यक छ ।

दलित र गैरदलित बिच मागी बिवाहा हुँदा दलित केटा अमेरिका या अस्ट्रेलियाको पिआरवाला नै भएको बिवाहाको उदाहरण सामाजिक संजालमा भाइरल छन् । फेरि पनि धनी र पिआरवाला बिच अन्तरजातीय बिवाह भए पनि समानजनक छ जुन समाजपरिबर्तनको लागी नभए पनि उनीहरुको सुखद दाम्पत्य जीवनको लागी राम्रो हुनेछ ।

त्यसैले दिन दिनै अन्तरजातीय बिवाहा गर्दा दलित चेलीलाई मारेका , बहिस्कार गरेका हजारौं घटना र अन्तरजातीय बिवाहा गर्दा दलित केटा मारेका उसको बुवालाइ मारेका घटना भने ताजै छन् अहिले पनि अन्तरजातीय आर्थिक अबस्था कमजोर हुने दलित परिवारलाई स्विकार गरेको अबस्था छैन । फेरि पनि सबैको सकारात्मक सोचको बिकास होस् बिवाहा प्रेम जात धर्म , पैसासग तुलना गर्ने र हेरिने विषय होईन समाजमा चोखो प्रेम गर्ने र बिवाहा बन्धनमा बाधिने दलित होस् गैरदलित जातको आधारमा नहेरी प्रेमको आखाबाट हेरियोस र स्वीकार गरियोस् समाज परिबर्तन गर्न सुरुवात आफैंबाट गरौं । अन्तरजातीय बिवाहित जोडीलाई संमान , नमन ।

सरु सुनार , सन्चारकर्मी तथा महिला अधिकारकर्मी।

Share This News On....
Facebook / YouTube / Twitter / What's App


News From
Thahaonline.com | थाहा अनलाइन:/ parichayanews.com

About The Blogger
Please let me know from Facebook ✍️✍️
Facebook     

No comments:

Post a Comment