Friday, July 5, 2019

जन्मदिनको 🍰 अनगिन्ती शुभकामना मेरो प्यारि आमा💞 (ईश्वरी ढुङ्गाना) By Saurav Dhungana.

जन्मदिनको अनगिन्ती शुभकामना मेरो 💘 ममि (आमा)💞
नबगुन् आँसुका थोपा नमरुन् सपनाहरु,
नआउन बिघ्न औ बाधा पुरा हुन् कल्पनाहरु ।।
नछुटोस् मित्रता हाम्रो चम्कियोस् चाँदनी सरि,
बढोस् याद अझै बिन्ती नमरुन् सम्झनाहरु ।।
🎂🍰🍥
सदा सुखी बनी सधैं नाचेको देख्न पाउँ म,
उन्नती पथमा चढ्दै हाँसेको देख्न पाउँ म ।।
यो जन्म दिनमा मैले दिउँ के शुभकामना,
तिमी सयौँ सयौँ बर्ष बाँचेको देख्न पाउँ म ।।
💘😍💞
मेरो प्रथाना छ कुनै गुनासो छैन त्यो फूल जुन अाजसम्म फूलेको छैन भगवान गरून् अाजको दिन तिमीलाई त्यो सबै चिज भेटीयोस् जुन अाजसम्म कसैलाई कहिल्यै पनि नपाएको होस् जन्म दिनको शुभकामना ममि।💞
🎈🤩❤️
हरेक क्षण
हरेक समय ,,
हरेक पाइला,,
हरेक नतिजा
हरेक वाणी,,
हरेक कार्य
उच्च हाेस्
तिम्राे अाँखाले देख्ने हरकुनै बस्तु, तिम्ले भाेगेका हर कुनै भाेगाईहरु, तिम्ले साेच्ने हर कुनै साेच तिम्ले; गर्नेहर कुनै चिन्तन अब्बल रहाेस् 🤩
तिम्राे नयन तिम्राे चयन अनि तिम्राे जीवन हर घडि सार्थक बनाेस्
जन्मदिनकाे अनगिन्ति शुभकामना मेराे प्यारी ममि 💞 आमा।
❣️☺️♥️
आमा आमा आमा 😔😔😔
💞🤩💘😍♥️☺️
मैले जीन्दगीको नौ महिना एउटै ठाउँमा बसेर बिताए। त्यो न्यानो ठाउँ थियो। मलाई त ती दिनहरुका बारेमा कुनै ज्ञान छैन, तर तिमीलाई मेरो एक-एक हलचल याद छ होला। जीवनमा मलाई तिमीले जति ख्याल र तिमीले जति माया अरु कसैले गरेन र गर्ने पनि छैन। तिम्रो ममताको सागारमा पौडि खेल्दा खेल्दै आज ह्वेल माछा जत्तीकै ढाडे भैसकेको छु। कैयौँ पटक तिम्रो चित्त दुखाएको छु। तर तिम्रो चित्त कहिल्यै दुखेन आमा। 💞
मेरा पाहाडजत्रा गल्तिहरुलाई पनि तिमीले तिल भन्दा सानो बनाइदियौ। ज्वोरोले हनहनिएको मेरो तातो निधारलाई पानिपट्टिले चिस्याइदियौ। तिमीले नै यो संसार चिनायौ, हिडन सिकायौ। हर बिहान र बेलुका खाना खान बस्दा मलाई नै सम्झीयौ। तिमीसँग दुईदिन टाढा हुँदा पनि आँशु खसाल्थ्यौ।🎈
ठाडा ठाडा उकालोहरुमा पनि आफुले स्याँ स्याँ गरेर मलाई बुई बोकेरै चढायौ। खेतका डिलहरुमा हुटिट्याँउका फुलहरु खोजेर उसिनेर मलाइ नै ख्वायौ अनि अम्लेट बनाएर पनि ख्वायौ।❤️
आफू कामेरै भएपनि आफ्नो पछ्यौरी मलाई नै ओढायौ। आज पनि तिमीले मलाई काखमा बोकेर हिँड्ने पछ्यौरीमा गुटुमुटु परेर सुत्ने गर्छु। तिम्रो सुगन्ध अझै पनि त्यहि पछ्यौरीमा टाँसिएको छ। तिमी नै मेरी सबैभन्दा मिल्ने साथी हौ, मेरा मनका हरेक कुरा तिमीलाई नै सुनाउन चाहान्छु। मेरो दाँत हल्लिएको कुरा होस् वा खुट्टाको नङ बढेको कुरा होस् तिमीलाई नै ख्याल हुन्थ्यो। जुम्रा परेको निहुले तिम्रो काखमा मस्त निदाउँन पाउँदा क्रिकेटको ब्याटिङ समेत फिक्का लाग्ने गर्दथ्यो।❣️
दिनभरि धुलोमा गाडिएका मेरा धुले खुट्टाहरु लिएर म सिधै ओछ्यानमा जान खोज्दथेँ, तर तिमीले नुन पानी तताएर ठूलो बाँटा ल्याएर ओछ्यानमै मेरो खुट्टा धोइदिन्थ्यौ। तिमीले सिकाएको यहि बानीले गर्दा आज पनि म पानीले खुट्टा नधोइ निदाउनै सक्दिन आमा। 💞
सुनसान रातमा चकमक बत्ती झिल्क्याउँदै उड्ने जुनकिरीको पछि लागेर हिँड्दा खुट्टा लरखर्याउन खोज्थेँ तर त्यतिनै बेला तिमीले मलाई लड्न नदिइ हिँडन सिकाउँथ्यौ। आज पनि तिनै जुनकिरीहरुलाई खोज्छु तर यो सहरको झिलिमिलीले जुनकिरीको प्रकासलाई बिलीन पारिदिएको छ। तिमी देखी टाढा छु त्यहिँ पनि तिमी यी आँखाहरुमा छ्यौ, मनमा छ्यौ, मस्तिस्कमा छ्यौ। बास्तवमा म त तिम्रै शरीरको एक भाग हुँ। तिमी बिना मेरो कुनै अस्तित्व नै छैन। तिम्रो नामले मात्रै मेरो ओठमा हाँसो र आँखामा चम्काइ आउँदछ।
आज यो कलम कुनै व्याकरणका नियमहरुमा बाँधिन चाहान्न। शब्दहरुले तिम्रो चित्र कोर्न चाहान्छन्। कानहरुले तिम्रै शब्द सुन्न चाहान्छन्। म तिमीलाई धेरै प्रेम गर्छु आमा। जन्मदिनको धेरै धेरै शुभकामना आमा।😥   
🎈🎈🎈
परिवार ले रोज्ने,💘
समाज ले खोज्ने ♥️
र राष्ट्रिय ले सोध्ने मान्छे बन्नु 😔
हजुरको हरेक पाइलाले सगरमाथाको सिखर चुम्न सकुन
र सधै हजुरको जीवन मस्त, ब्यस्त र स्वास्थ रहोस् ममि 💞  जन्मदिनको शुभकामना हजुरलाई 🎁🎁💕
अतित्तको चोट दुखाइ, पिर ब्यथा आफै थाहै नपाइ बिलाउदै जाहोस..
अबका दिनहरुमा जोस जंगार र खुसीका उन्मादको छावोस,,, सफलताले सगरमाथा चढ्दै सुख र खुशी मनै भरी आहोस😍 । अनगिन्ती धन सम्पत्ति हजुरको हात लागोस्...
म सयौं  चोटि कामना गर्छु मन मुटुले सोचेको र रोजेको सबै कुरा पुरा होस् 😂...
खाचो नहोस कसैको सबैलाइ हजुरको खाचो परि हजुरकै मा धाहोस्...
हजुरको करेसाबारिमा रंगीचंगी फुलहरु फुलोस्🌹🌹, हजुरको धनको भकारीहरु 12 महिनै चुलियोस्.....
बाधा अड्चनले रोकेका हजुरको बाटोहरु बिना कष्ट चारै दिशा खुलोस्..
हजुरको रुप रङ्ग देखेर सारा भुलोस्... 😌
हजुरको खुसी देखेर सारा संसार हजुरमै  डुलोस् 💑। जन्मदिनको शुभकामना ममि 💞 (आमा) हजुरलाई🎁🎁🎁😍😍
🍥🍰🎂
हरेक दिन भन्दा प्यारो लाग्छ मलाई यो खास दिन जसलाई म बिताउन चाहन्न तिमी बिना, हुन त मुटुले सधैं कामना गर्छ तिम्रो फेरि पनि भन्छु आमा 💞 शुभकामना छ जन्म दिनको
आमा शुभकामना छ जन्म दिनको 😍
आमा शुभकामना छ जन्म दिनको 💘
आमा शुभकामना छ जन्म दिनको 💞
💞😍💘❤️🤩💞
उहि तिम्रो मन मुटुमा बसेको छोरो, तिम्रो ढुकढुकी........
           💘 सौरब ढुङ्गाना 💞
💞🍰❤️🤩🍥❣️😍🎂💘


About The Blogger

Mr. Saurav Dhungana
Pokhara Metropolitan-4, Gairapatan, Kaski
Please Follow Me  SAURAV DHUNGANA On 

Facebook Page
https://www.facebook.com/dhunganasaurab/
Facebook Group
https://www.facebook.com/groups/496904784113467/
Facebook Account
https://www.facebook.com/profile.php?id=100010416368112 ➡️ Saurav Dhungana
https://www.facebook.com/profile.php?id=100010412347674 ➡️ सौरब ढुङ्गाना
My Blogspot
http://dhunganasaurav.blogspot.com/?m=1
My Twitter
Take a look at Saurav Dhungana (@Sauravdhungans): https://twitter.com/Sauravdhungans?s=09
My YouTube Channel
https://www.youtube.com/channel/UCBY6xPjZDVrw6A_MABbNJlg
My Email I'd
dhunganas384@gmail.com
dhunganasaurav81@gmail.com
My TikTok Account
https://m.tiktok.com/h5/share/usr/6600582181088378885.html?language=en&u_code=d24b78i3gh35c8&timestamp=1559059060&user_id=6600582181088378885
My Instagram
https://www.instagram.com/p/BwhJl2Ohu7JH0T4kIkPRMmq0NG62dmIJtNtKC00/?igshid=1r9q8jdus4jr8

Heartly Thank You So Much.
❤️😍💞

Friday, February 8, 2019

लाखौंमा एकजनामा हुने रगत समुह 'ए' डियु पोजेटिभ नेपालमा पहिलो पटक गंगालाल अस्पताल बाँसबारीमा उपचरार्थ पोखराका श्रीकृष्ण ढुङ्गानामा देखियो।

रक्तदान जीवनदान,
जीवनदान माहादान।
पोखरा महानगरपालिका वडा नं २६, निवासि मेरो (सौरब ढुङ्गाना) बाबा/ पिता श्रीकृष्ण ढुङ्गाना मुटु रोग सम्बन्धि समस्याबाट ग्रसित भई काठमाडौं महानगरपालिका बाँसबारी स्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र अस्पतालमा २०७५-१०-२० गतेबाट भर्ना भई २४ गते मुटुको शल्यक्रिया गर्ने क्रममा हुनुहुन्छ।
मुटुको शल्यक्रियामा सबैभन्दा अत्यावश्यक रगतको ब्यबस्थापन लाई मानिन्छ। जुन व्यबस्थापन गर्न रक्त समुह बिभाजन गर्नुपर्छ। यहि क्रममा बुबाको रक्त समुह पोखरा-४, गैह्रापाटन फिस्टेल अस्पतालमा 'ए’ पोजेटिभ ('A’ Positive) पत्ता लाग्यो र त्यसैलाई आधार मानि काठमाडौंमा उपचारको क्रममा प्रस्थान भएपछि पुन रक्त समुह परिक्षण गर्दा सहिद गंगालाल अस्पतालमा 'ए’ नेगेटिभ ('A’ Negative) रक्त समुह पत्ता लाग्यो।
ल्याबको दुई थरि नतिजा देख्दा हामि बिरामिको भिजिटर नै दोसाधमा पर्यौ र पुन रगत सङ्कलन गरि युनिभर्सल हेल्थ केयर सेन्टरमा गई जाच गराउँदा पनि 'ए’ पोजेटिभ ('A’ Positive) रक्त समुह नै पत्ता लाग्यो र  नतिजामा अझै पनि गंगालाल अस्पतालको ल्याब शाखाले 'ए’ पोजेटिभ ('A’ Positive) रक्त समुह भनेर रिपोटमा नतिजा दिन सकेन र हामि रक्त समूहमा अझ ठेट निर्णय लिन ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहेको ब्लड बैंक (Blood Bank) मा रगतको नमुना लिएर एक बजे गयौ र बेलुका ६ बजे सम्ममा रक्त समूहको नतिजा आयो।
केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र बालकुमारी तथा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको ब्लड बैंक का निर्देशक डा. मनिता राजकर्णिकार र ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको ब्लड बैंक डिपार्ट को हेड डा. बिपिन नेपाल सर /म्यामको गहिरो अध्ययन बाट उक्त रक्त समुह 'ए’ डियु पोजेटिभ ('A’ DU Positive) पत्ता लाग्यो। राता रक्तकोषको सतहमा डि एन्टिजेनको कम उपस्थिति भएको कारणले गर्दा उक्त रक्त समुह लाई 'ए’ पोजेटिभ वा नेगेटिभ भनि रिपोटिङ्ग गर्न नसकिएको र यस्तो रक्त समुह एक लाख जना मानिस बराबर एक जनामा मात्र फेला पर्न सक्ने डाक्टरहरुले बताउनु भयो।
जसअनुसार ग्राण्डी अस्पतालको रक्त समुहको नतिजा यस प्रकार छ।
यदि शल्यक्रियाको समयमा बिरामिलाई रगतको आवश्यकता परेको खण्डमा 'ए’ पोजेटिभ वा नेगेटिभ जुन समूह संग बिरामिको रगत क्रस म्याच गर्छ त्यहि रगत दिने तर सकेसम्म 'ए’ नेगेटिभ ('A’ Negative) रगत नै सबैभन्दा बढी उपयुक्त हुने डा. बिपिनले सल्लाह दिनुभयो। यहि सल्लाह अनुरुप गंगालाल अस्पताल को ब्लड बैंकमा क्रस म्याच गराउँदा 'ए’ पोजेटिभ र नेगेटिभ दुबै समूह म्याच गर्न गयो तर डाक्टर को सल्लाह अनुसार धेरै जनाको सहयोगमा 'ए’ नेगेटिभ रक्त समुह नै शल्यक्रियाको समयलाई तयार पारियो।
पोखरा महानगरबाट काठमाडौंमा उपचारको क्रममा आउँदा कुनै समयमा ‘ए’ नेगेटिभ र कुनै समयमा 'ए’ पोजेटिभ रगतको ब्यबस्थापन गर्नु हाम्रो लागि अति नै गम्भीर विषय थियो। जुन बिषयलाई सहज बनाउनको लागि मलाई पोखरामा मात्र नभई काठमाडौंमा समेत नयाँ नयाँ ब्यतिसंग भेट गराई मेरो कार्यलाई सहज बनाउन सहयोग गरिरहने नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की को बर्तमान अध्यक्ष तिर्थ राज अवस्थि दाइलाई सुरुमानै सम्झेर धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु र काठमाडौं जस्तो रगतको अभाव हुने ठाउँमा मलाई दिन रात खटेर 'ए’ पोजेटिभ र नेगेटिभ दुवै थरि रगत खोज्न सहयोग गर्ने काठमाण्डौं माहानगर-३०, नं. वडा कमिटि नेपाल स्वयंसेवी रक्तदाता समाजको अध्यक्ष मेरो प्यारि राधा श्रेष्ठ दिदी प्रति हृदय देखि नै धेरै धेरै आभारी छु र आउँदा दिनमा पनि यसरिनै सहयोगको अपेक्षा राख्दै निरन्तर रक्तदान गरि सबैलाई सहयोग गर्ने प्रतिबद्धता गर्दछु।
काठमाडौं महानगरको प्रत्येक ठाउँमा आवश्यक रक्त समुह को समस्या परेको बेलामा मलाई नआतिकन बस भाई भनेर बोलिको माध्यमबाट र निरन्तर जागेर सहयोग गर्नुहुने मेरो प्रिय दाई नेपाल स्वयंसेवी रक्तदाता समाज को केन्द्रिय अध्यक्ष प्रेम सागर कर्मचार्य दाई, नेगेटिभ रक्तदाता समूहको अध्यक्ष जीवन बस्नेत दाई तथा धेरै ठाउँमा आफ्नै साधनमा मलाई ओसार पसार गर्ने मेरो आत्मिय जनक मगर दाई/ सर लाई पनि धेरै भन्दा धेरै धन्यवाद दिन चाहन्छु।
काठमाडौंको यति चिसो तथा जाडो मौसममा पनि घाम, पानि, बर्खा, झरि, बादल, हिउँ, पसिना ईत्यादि केहि पनि नभनिकन राधा श्रेष्ठ दिदी को सम्पर्क बाट मलाई भेटि मेरो बुवाको लागि 'ए’ नेगेटिभ रगत दान गर्नुहुने आदरणीय सर तथा दाई भरत मरासिनी र टंक सिलवाल ज्यूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। हजुरले दिएको रगतले मेरो बुवालाई धेरै ठूलो सहयोग मिलेको छ रगत सहि समयमा सहि ठाउँमा प्रयोग भएको छ र आउँदा दिनमा पनि अन्य बिरामिले हजुरहरुबाट यसरिनै निरन्तर सहयोग पाउन भन्दै हजुरहरुको सु-स्वास्थ्य, दिर्घायु र उत्तरोत्तर प्रगतिको कामना गर्न चाहन्छु।
नेपाल रेडक्रसको केन्द्रीय रक्तसञ्चार सेवा केन्द्र र ग्राण्डी अस्पतालको रक्त सञ्चार सेवा केन्द्रको गहन छलफल र निर्णय पछी रगत समुहलाई मध्यनजर गर्दै बिहिबार बिहान ११:३० बजे सहिद गंगालाल राष्ट्रिय हृदय रोग उपचार केन्द्रमा उपचारार्थ श्रीकृष्ण ढुङ्गाना को बरिष्ठ मुटुरोग विशेषज्ञ डा. नविन गौतम र उहाँको टोलिले शल्यक्रिया धेरै राम्रोसँग सफल भएको बताउनुभयो। डाक्टर नविन गौतम लगायत उहाँको टोलिलाई धेरै धेरै धन्यवाद दिदै पछिका सम्पूर्ण शल्यक्रिया पनि सफल र राम्रो होस् भन्दै शुभकामना दिन चाहन्छु।
मलाई धेरै भन्दा धेरै सहयोग गर्नुहुने सम्पूर्ण लाई हार्दिक धन्यवाद ब्यक्त गर्दै याद भए सम्म उहाँहरुको नाम स्मरण गर्न चाहन्छु यदि मलाई याद नभई नाम छुटेमा पनि माफिको साथै असिमित सम्झना तथा न्यानो अभिवादन सम्पूर्णमा।
  • डा. बिपिन नेपाल
  • डा. मनिता राजकर्णिकार
  • डा. नविन गौतम
  • तिर्थ राज अवस्थि
  • राधा श्रेष्ठ
  • टंक सिलवाल
  • भरत मरासिनी
  • प्रेम सागर कर्मचार्य
  • जीवन बस्नेत
  • हेमन्त श्रेष्ठ
  • शिव श्रेष्ठ
  • जनक मगर
  • नरोत्तम बैध


यस Blogger को बारेमा मलाई केहि सल्लाह तथा सुझाव दिनु परेमा तलको ठेगानामा सम्पर्क गर्नुहोला धन्यवाद ।
नाम:- सौरब ढुङ्गाना (Saurav Dhungana)
ठेगाना:- पो.म.न.पा-२६, बुढिबजार कास्कि
फोन नं:- 9866050350 (९८६६०५०३५०)
ईमेल:- dhunganas384@gmail.com

Friday, December 28, 2018

🎂साईकले रक्तदाता दाई तिर्थराज अवस्थिलाई जन्मदिनको🍰 लाखौं लाख शुभकामना उहि भाई सौरब ढुङ्गानाको तर्फबाट। 🍥


जन्मदिनको शुभकामना मेरो प्यारो,
अतिनै मिलनसार दाई/सर तिर्थ राज अवस्थि !!!
आँखा खोल्दा विहानीमा
घामको किरणले स्वागत गरोस् !
पाइला सार्दा हरेक मोडमा
उमंग उत्साहाले पाउ चुमोस् !!
विश्वास, आँट र साहासहरु
सहयात्री बनुन् सँधैसँधै !
निराशा र कुण्ठाहरु
भागुन् टाढा कतै !!
माया ममता र प्यारहरु
साचिउन् मन भरिभरि !
घृणा, इर्ष्या र रागहरुसँग
जम्काभेट नै नहोस जुनीभरि !!
सुख, खुशी र आकांक्षासँग
सहवास होस हरेक तरङ्गमा !
दुःख, पीडा र वेदनाले
बाटो नछेकुन् उमङ्गमा !!
हरेक धड्कनमा दिर्घायुको
श्वास फेर्नु हरपलमा !
हरेक श्वासमा सु-स्वास्थको
लामो आयु थपियोस गर्छु कामना !!
प्रगतिपथमा पाइलाहरु लम्किउन सँधैसँधै
समृद्धि र उत्तरोत्तर प्रगतिको !
निरन्तर अगाडी बढ्दै जाउन् ती पाइला सँधै
ताज प्रप्तहोस् श्री प्राप्तिको !!
हार्दिक मंगलमय शुभकामना
शुभ हजुरको शुभ-जन्मदिनमा !
हजुरको प्रिय भाई अर्पण गर्छ हजुरलाई
हार्दिक मायालु मंगलमय शुभकामना तिर्थ दाई !!

Please Watch This Tirtha Dai Birthday Video.
https://youtu.be/V3lk43UcSzM
कञ्चनपुर जिल्ला वडा नं ७ कालिकामा माता गोमति देवी अवस्थीको कोखबाट जन्म लिनु भएको र आजका मिति (२०७५/०९/१४) बाट ३४ वर्ष पुरा गरिसक्दा पनि कहिले साइकले रक्तदाता, कहिले क्क, कहिले चप्पल हराएको मान्छे, श्री ५ हापुस, समाजसेवी तिर्थ आदि विभिन्न उप नामबाट परिचित रक्तदान भनेपछि आफू मरिमेटी गर्ने र रगत सम्बन्धि कुनै पनि कार्यमा कसैको लागि पछि नहटी अति सक्रिय रुपमा लागिपर्ने अझ झन साइकल कुदाउन भनेपछि भोक, प्यास, थकान, पीर-चिन्ता सबै कुरा बिर्सने म जस्ता हजारौ भाइबहिनीहरूलाई विभिन्न संघसंस्थामा आवद्ध गराई अगाडि बढ्न हौसला प्रदान गर्ने विभिन्न ठाउँमा प्रेरणाको स्रोत बन्नुभएको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की को वर्तमान अध्यक्ष मेरा अतिनै आत्मीय प्रिय र घनिष्ठ दाई तीर्थराज अवस्थीले आज पारेको आफ्नो जन्मदिन पनि टुर 'दि’ पोखरा को सहयोगमा साईकल यात्रा गरेर र रक्तदान कार्यक्रमको आयोजना गरेर मनाउनु भएकोमा अत्यन्तै खुसि लागेको छ।
मेचि देखि माहाकाली सम्म साईकल यात्रा गरि रक्तदान जीवनदान भन्ने सन्देश दिने, पोखरालाई साइकिल सिटिको रुपमा बिकास गर्ने, कास्की जिल्लामा मात्र नभई पुरा नेपालमै रगतको अभावमा कसैको पनि मृत्यु नहोस् भन्ने महत्वपूर्ण धारणा राख्ने, आफ्नै शरिरमा बिभिन्न ट्याटु खोपि धेरै कुराको चित्र मार्फत ज्ञान दिने, सबैको मनमुटुमा बस्न सफल मणिपाल शिक्षण अस्पतालमा कार्यरत पूर्व फार्मेशिस्ट र हाल आफ्नै कार्यथलो भू.पु सैनिक मेडिकल हल नयाँबजारमा सञ्चालक तिर्थ दाईले आजसम्म आफूले पनि निम्न थुप्रै समाजसेवाका कार्य गरिसक्नुभएको छ।
  • ५४ पटक भन्दा बढि आफ्नै ओ पोजेटिभ रक्त दान
  • गरिब र दयनिय बिरामिलाई आफ्नै फार्मेसी बाट निशुल्क औषधी बितरण तथा उपचार (आफ्नै खर्चमा)
  • शरिरको संवेदनशील अंग नेत्र दान (२०७४/११/३०)
  • पोखरालाई साईकल सिटिको रुपमा बिस्तार
  • धुम्रपान र मध्यपान को हानि को बारेमा जनचेतनामूलक कार्यक्रम सञ्चालन
  • १८ बर्षको जन्मोत्सव संगै हरेक युवालाई रक्तदान गर्न प्रेरित गर्ने।

आदि मात्र नभई अन्य धेरै कार्यमा हात हालि सफलता प्राप्त गरि सक्नु भएको छ। मलाई थाहा छ दाईले धेरै ठूलो काम गर्नुभएको होइन, साधारण तर थोरैले मात्र गर्ने असाधारण स्वयंसेवा गर्नुभएको हो । जब कसैले एक पोका रगत पाउँछ र एउटा जीवन बाँच्छ त्योभन्दा त्यो भन्दा अर्को खुसी मिल्दैन् र रगतमा कुनै पनि कसैको जात भात जोडिएको हुदैँन भन्दै,...........

फेरि पनि अन्त्यमा बसन्तले हजुरको पाउमा बाहार ओक्ष्याओस्, सबैको मुख–मुखले हजुरकै नाम लिउन्, भगवानले हजुरलाई राम्रो आशिष दिउन् । कोमल हजुरको पाउमा काँडाले नघोचोस्, आँधी बेरी हुरीले हजुरको बाटो नछेकोस्, हरेक पाइलामा हजुरलाई सफलता मिलोस्, दुःख कष्ठ पीडाले मुटुमा नपिलोस् । हजुरले जिन्दगीमा चालेका हरेक पाईलाहरुले सफलताको शिखर चुमी रहोस, फलोस फुलोस यही छ मेरो चाहना, जन्म दिनको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना । जन्मदिनको पावन अवसरमा शुस्वास्थ्य, दिर्घायु, उत्तरोत्तर प्रगती एवं हजुरका हरेका इच्छाहरु पुरा हुदैँ जाउन भनी शुभकामना दिन चाहन्छु ।
हजुरजस्तो प्यारो दाई पाएकोमा भगवानजीलाई धेरै धेरै धन्यवाद दिदैँ हजुरको जीवन सधैँ हासोँ,खुशी र सफलताले भरीयोस भनी हृदयको अन्तरकुना देखी नै प्राथना गदैँ जन्मदिनको शुभकामना दिन चाहन्छु। दुःख,पिडा,चिन्ता,रोग जतिलाई सुटुक्कै बाढीले बगाई लगोस अनि छ नि सुख, सन्तुष्टि,उमंग अनि सफलता जतिले हजुरलाई माने के नाम अह..ए अह...बल्ल याद आयो चुम्बकले फलाम छोपे झैँ च्यापै छोपिराखोस। यहि छ हजुरको प्यारो भाई सौरब ढुङ्गानको तर्फबाट करोडौं करोड मुरि मुरि जन्मदिनको शुभकामना शुभकामना शुभकामना ।।
🍥🍰🎂😍💞💕💝

जय रक्तदान,
जय साईकल।।

Thursday, July 26, 2018

सम्पूर्ण गुरु गुरुआमाहरुमा गुरु पुर्णिमा २०७६/०३/३१ को हार्दिक मंगलमय शुभकामना।

"गुरु ब्रह्मा, गुरु विष्णु गुरु देवो महेश्वर,
गुरु साक्षात् परमं ब्रह्मा तस्मै श्री गुरुवे नम:"

अर्थात्,
"गुरु नै ब्रह्मा हुन्, गुरु नै विष्णु हुन अनि गुरु भनेकै भगवान शंकर हुन्,
गुरु नै हुन् साक्षात परब्रह्म, यस्ता गुरुलार्इ म नमस्कार गर्दछु ।"
पुजनिय बाबा आमा,
गुरु पूर्णिमाको अवसरमा मलार्इ अक्षर सिकाउनु हुने प्रथम गुरू मेरो बुबाआमा, बाल्यकाल देखि आजसम्मका  सबै गुरु गुरूआमाहरु प्रति विशेष सम्मान र श्रद्धा व्यक्त गर्दछु। जीवनका हरेक मोडहरूमा हरेक क्षेत्रमा प्रेरणा, प्रभाव र शिक्षक बनेर केहीनकेही सिकाउनुहुने मेरा सबै आदरणीय गुरुजनमा हार्दिक हार्दिक आभार ब्यक्तगर्दै सम्पूर्ण गुरुहरूलाई गुरु पुर्णिमाको  सप्रेम नमन ,र हार्दिक शुभकामना दिन चाहन्छु ।

पुजनिय गुरु हजुरले दिएको ज्ञान र मेरो जीवनसंग गाँसिएको सम्बन्ध एकदमै गहिरो रहिआएको छ । चाहे म जुनसुकै धर्म या सम्प्रदायको भएपनि ज्ञान र सिप ग्रहणगर्नका लागी गुरु र गुरुतत्वको ठूलो महत्व छ र संसारमा शायद ज्ञान मात्र यस्तो कुरा हो जसलाई जति बाँड्यो उत्ति बढ्दै जान्छ ।
चाहे मुस्लिमहरूको मदर्सामा मलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख रा पढाउने र सिकाउने शिक्षक, शिक्षिकाहरू किन नहुन् हजुरहरुले सिकाएका र दिएका ज्ञानले नै मैले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेको हुँ।

स्कुल मा पढाउदा होस् या बाटोमा भेट्दा जुनसुकै समयमा पनि मलाई माया, ममता, हौसला, स्नेह र प्रेरणा दिनुभयो, मैंले गरेका प्रश्नहरुको उत्तर दिनुभयो। कहिलेकाहीँ गल्ति गरे, नराम्रो बोले तर पनि मलाई हैन मेरो बानिलाई पिट्नु भयो, धेरै कुराहरु पालना गरि नियम र अधिनमा चल्न सिकाउनुभयो‌।‌‍
सर  मैले किन राम्ररि पढ्न जान्दिन भनेर सोध्दा, हेर त उ त्यो चन्द्रमा मा किन दाग छ तिमीलाई थाहा छ ? नाई सर थाहा छैन। किनकि त्यो चन्द्रमा अहिले अपुरो उदाएको छ, जब त्यो पुरा उदाउछ तब त्यो दाग हराउँछ हो तिमी पनि अहिले त्यस्तै अर्धकाचो छौ जब तिमि आलि ठूलो हुन्छौ तब तिमीले पनि पढ्न जान्ने छौ।
यस्ता कयौ उदाहरण दिदै धेरै सहज रुपमा हरेक कुरा बुझाउनुभयो
आज आलिकति बाबुआमाको झगडाले घरमा नराम्रो असर पार्यो, दु:ख पर्यो भनेर मैले आशु झार्दा,
हैट लाटा “सुख त आति हे जाति हे, दु:ख त हामरा साथि हे” भन्दै सम्झाउनु हुन्थ्यो।

फ्रेस मोड बनाएर रोमान्टिक रुपमा पढाउनको लागि
अर्घौ चोकाको गर्मिले सताउला अनि माया चौतारिमा बसौला ।।
तिमी पनि उस्तै म पनि उस्तै जाउ हिड भैरहवा, खोज्न आउछन् तिम्रा दाई हाम्रा बा ‌।।
आफ्नै हात, जगन्नाथ
जस्ता धेरै उखान टुक्का, गित, गजल आदि गाएर सुनाएर पढाउने बानिले म पनि केहि हदसम्म टाठो बाठो बन्न सके जस्तो लाग्छ।
जो कोहि ले पनि काहा पढेको होस् भनेर सोध्दा लक्ष्मी माध्यमिक विद्यालय अर्घौमा पढेको छु मलाई फलानो फलानो गुरुहरुले पढाएका हुन् भनेर भन्दा पनि गर्व लाग्छ, शान बढ्छ, मान बढ्छ, ईज्जत, गौरब र प्रतिष्ठा बढ्छ यहि नै मेरो सबैभन्दा ठूलो कुरा हो गुरु गुरुआमा।

अझै पनि म हजुरहरुकै माया, ममता, हौसला र प्रेरणा चाहन्छु, हरेक जटिल कुरामा हजुरको जवाफ चाहन्छु, कुनै नयाँ काम गर्दा हजुरकै निर्णय चाहन्छु, गल्ति गरेमा हजुरबाटै सजाय चाहन्छु, हजुरको दु:खमा संगै रुन र खुसिमा संगै हास्न चाहन्छु । तर यति विश्वास गर्नु गुरु गुरुआमा हजुरको इज्जतमा आच आउने र हजुरको शिर झुकाउने काम यो सौरब बाट कदापि हुने छैन्।

एकफेर मैंले सोचे, मलाई जिन्दगीले कति धेरै कुराहरु सिकाएको छ । जस्तै म सहि र गलतमा फरक छुट्याउन सक्छु, वास्तविक र कृतिम कुरा र भावनाको चाल पाउन सक्छु, मैले कुनै बखत सहि कुरा र पथ छाने या छानिन भनेपनि मैले आफ्ना पाइलाहरु कतातिर जाँदैछ भनेर अरुकसैलाई सोध्नै पर्दैन, हृदयको स्पन्दनले आफै मैले चालेका पाइला र तिनका सारतत्वको बयान दिन्छ । गलत पाइला चाल्दा मनभित्रबाटै एउटा गुरुतत्वले आवाज निकाल्छ, नाँई! त्यसो नगर त्यो गलत हो भनेर तर त्यो आवाज मैले पालना गरेकै हुन्छु किनकि मैले गुरुहरुबाट असल शिक्षा पाएको छु। यस अर्थमा मेरो भित्रपनि एउटा गुरुतत्व रहेको छ र सत्यलाई आत्मसाथ गर्नसके म भित्र गुरुतत्व सदैव उपस्थित रहिरहन्छ।

अज्ञानता र अचेतनाको अँध्यारोबाट ज्ञान र चेतनाको उज्यालोमा ल्याउने, सही मार्ग प्रदर्शन गर्ने समस्त गुरुहरुलाई अाजको दिन कोटी कोटी नमन गर्दछु। गुरु मार्फत् प्राप्त गरेको ज्ञान र विवेकले आफ्नो जीवनमा पारेको प्रभावप्रति आभार ब्यक्त गर्दै आगामि दिनमा पनि म ज्ञानको पथमा सधैं अगाडी बढ्दै जाने प्रतिज्ञा र अठोट गर्दछु।

अन्त्यमा अझै पनि म हजुरहरुकै माया, ममता, हौसला र प्रेरणा चाहन्छु, हरेक जटिल कुरामा हजुरको जवाफ चाहन्छु, कुनै नयाँ काम गर्दा हजुरकै निर्णय चाहन्छु, गल्ति गरेमा हजुरबाटै सजाय चाहन्छु, हजुरको दु:खमा संगै रुन र खुसिमा संगै हास्न चाहन्छु । तर यति विश्वास गर्नु गुरु गुरुआमा हजुरको इज्जतमा आच आउने र हजुरको शिर झुकाउने काम यो सौरब बाट कदापि हुने छैन्। हे भगवान ! मलाई सदैव सत्यतालाई आत्मसाथ गर्न देऊ, मलाई अज्ञानताको अँध्यारोमा नराख, सदैव ज्ञान र चेतनाको उज्यालो देऊ, त्यस तर्फको मार्ग देखाऊ र मलाई यस्तो ज्ञान देउ कि म यो भौतिक संसार र मृत्युको भयभन्दा पर ज्ञानको उज्यालोमा अमर रहन सकूँ ।" भनि समस्त गुरुहरुसँग आशिर्वाद मागि


चेलालाई चिनी बनाउने गुरु । ति गुरुहरु अमर रहनु।
गुरुलाई गु बनाउने चेला । ति चेलाहरु चिरायी बनुन।
भन्दै असल गुरु र असल शिष्य दुबै बन्न सक्नुहोला,
गुरु पुर्णिमाको हार्दिक मगंलमय शुभकामना।

यो संसारमा शान्ति होस्, आदिदैविक शान्ति होस्, आदिभौतिक शान्ति होस्  र अध्यात्मिक शान्ति होस् ।

सदा गुरुहरुकै आज्ञाकारी र मेहेनति बिद्यार्थी
                  सौरब ढुङ्गाना
पोखरा महानगरपालिका-२६, बुढिबजार, कास्कि।

Wednesday, July 4, 2018

जन्मदिनको अनगिन्ती शुभकामना मेरो ममि।💘💘💘

नबगुन् आँसुका थोपा नमरुन् सपनाहरु,
नआउन बिघ्न औ बाधा पुरा हुन् कल्पनाहरु ।। 
नछुटोस् मित्रता हाम्रो चम्कियोस् चाँदनी सरि,
बढोस् याद अझै बिन्ती नमरुन् सम्झनाहरु ।। 

सदा सुखी बनी सधैं नाचेको देख्न पाउँ म,
उन्नती पथमा चढ्दै हाँसेको देख्न पाउँ म ।। 
यो जन्म दिनमा मैले दिउँ के शुभकामना,
तिमी सयौँ सयौँ बर्ष बाँचेको देख्न पाउँ म ।

मैले जीन्दगीको नौ महिना एउटै ठाउँमा बसेर बिताएँ । त्यो न्यानो ठाउँ थियो । मलाई त ती दिनहरुका बारेमा कुनै ज्ञान छैन । तर तिमीलाई मेरो एक-एक हलचल याद छ होला । जीवनमा मलाई तिमीले जति ख्याल र तिमीले जति माया अरु कसैले गरेन र गर्ने पनि छैन । तिम्रो ममताको सागारमा पौडि खेल्दा खेल्दै आज ह्वेल माछा जत्तीकै ढाडे भैसकेको छु । कैयौँ पटक तिम्रो चित्त दुखाएको छु । तर तिम्रो चित्त कहिल्यै दुखेन । मेरा पाहाडजत्रा गल्तिहरुलाई पनि तिमीले तिल भन्दा सानो बनाइदियौ । ज्वोरोले हनहनिएको मेरो तातो निधारलाई पानिपट्टिले चिस्याइदियौ । तिमीले नै यो संसार चिनायौ, हिडन सिकायौ । हर बिहान र बेलुका खाना खान बस्दा मलाई नै सम्झीयौ । तिमीसँग दुईदिन टाढा हुँदा पनि आँशु खसाल्थ्यौ।
ठाडा ठाडा उकालोहरुमा पनि आफुले स्याँ स्याँ गरेर मलाई बुई बोकेरै चढायौ । खेतका डिलहरुमा हुटिट्याँउका फुलहरु खोजेर उसिनेर मलाइ नै ख्वायौ अनि अम्लेट बनाएर पनि ख्वायौ।
आफू कामेरै भएपनि आफ्नो पछ्यौरी मलाई नै ओढायौ । आज पनि तिमीले मलाई काखमा बोकेर हिँड्ने पछ्यौरीमा गुटुमुटु परेर सुत्ने गर्छु । तिम्रो सुगन्ध अझै पनि त्यहि पछ्यौरीमा टाँसिएको छ ।
तिमी नै मेरी सबैभन्दा मिल्ने साथी हौ । मेरा मनका हरेक कुरा तिमीलाई नै सुनाउन चाहान्छु । मेरो दाँत हल्लिएको कुरा होस् वा खुट्टाको नङ बढेको कुरा होस् तिमीलाई नै ख्याल हुन्थ्यो । जुम्रा परेको निहुले तिम्रो काखमा मस्त निदाउँन पाउँदा क्रिकेटको ब्याटिङ समेत फिक्का लाग्ने गर्दथ्यो ।
दिनभरि धुलोमा गाडिएका मेरा धुले खुट्टाहरु लिएर म सिधै ओछ्यानमा जान खोज्दथेँ, तर तिमीले नुन पानी तताएर ठूलो बाँटा ल्याएर ओछ्यानमै मेरो खुट्टा धोइदिन्थ्यौ । तिमीले सिकाएको यहि बानीले गर्दा आज पनि म पानीले खुट्टा नधोइ निदाउनै सक्दिन ।
सुनसान रातमा चकमक बत्ती झिल्क्याउँदै उड्ने जुनकिरीको पछि लागेर हिँड्दा खुट्टा लरखर्याउन खोज्थेँ तर त्यतिनै बेला तिमीले मलाई लड्न नदिइ हिँडन सिकाउँथ्यौ । आज पनि तिनै जुनकिरीहरुलाई खोज्छु तर यो सहरको झिलिमिलीले जुनकिरीको प्रकासलाई बिलीन पारिदिएको छ । तिमी देखी टाढा छु त्यैपनि तिमी यी आँखाहरुमा छ्यौ, मनमा छ्यौ, मस्तिस्कमा छ्यौ । बास्तवमा म त तिम्रै शरीरको एक भाग हुँ । तिमीबिना मेरो कुनै अस्तित्व छैन । तिम्रो नामले मात्रै मेरो ओठमा हाँसो र आँखामा चम्काइ आउँदछ ।
आज यो कलम कुनै व्याकरणका नियमहरुमा बाँधिन चाहान्न । शब्दहरुले तिम्रो चित्र कोर्न चाहान्छन् । कानहरुले तिम्रै शब्द सुन्न चाहान्छन् । माथले तिम्रै राता चुराहरुले सजीएको हातको स्पर्श चाहान्छ। म तिमीलाई धेरै प्रेम गर्छु आमा ।

I Love You Mom.💖💖💖💞💞💞💘💘💘

Sunday, May 6, 2018

उमेर बाधा होइन।

यो पोष्ट उनीहरूका निम्ती हो जसले ढल्कदो उमेरलाई सृजनात्मक कार्यका निम्ती बाधाका रूपमा लिन्छन् । जसले ‘समय सकियो अब केही गर्न सकिदैन’ भन्ने सोच्दछन् । 

याद रहोस्, मार्कस पोर्सियसले ८० वर्षको उमेरमा ग्रीक भाषा सिकेका थिए । अर्नेस्टाइन हेइक हजुरआमा भएपछी संगीत क्षेत्रमा सफलताको शिखरमा पुगेकी थिइन् । माइकल एन्जेलो ८० वर्षको उमेरमा पनि महानतम् चित्रहरू कोर्दैथिए । ९० वर्षको उमेरमा सिओ स साइमोनाइडलै काव्यमा पुरस्कार जितेका थिए । गोथेले ‘फाउस्ट’ ताथा लेपोल्ड भोन राकेले ‘हिस्ट्री अफ वर्ड’ ९२ वर्षको उमेरमा सम्पन्न गरेका थिए । अल्फ्रेड टेन्नीसनले प्रख्यात ‘क्रसिङ द बार’ कविता ८३ वर्ष छदा रचेका थिए । सर आइज्याक न्युटन ८५ वर्षसम्म सक्रिएरूपमा कार्यरत थिए । अल्बर्ट आइन्साटइन जीवनको अन्तसम्म वैज्ञानिक खोजमा व्यस्त थिए । भक्ती थापा ७० वर्षको उमेरमा अंग्रेजसंग लडेका थिए । विन्स्टन चर्चिल बुढेसकालमा प्रधनमन्त्री बनेका थिए । संसारका थुप्रै महान व्यक्तिहरूले ५० वर्ष नाघेपछी मात्र उलेख्निए योगदान दिएका थिए ।

उमेरलाई बाधाका रूपमा लिनु हुदैन । संसारलाई अझै तपाईको योगदानको खाँचो छ । आफूलाई थकित र कमजोर रूपमा नलिनुहोस् । शरीर बुढो हुन्छ तर मन होइन । जब सम्म सास रहन्छ, जिन्दगीलाई खुलेर बाँच्नुहोस्, रमेर बाँच्नुहोस् । हाम्रो शुभकामना छ ।

Saturday, May 5, 2018

विश्व हाँसो दिवसको शुभकामना। Happy Word Laughter Day. 😆😂😂😂😂😹😅😂😂😂

खीतखीत गर्दै खीत्का छाडेर, अट्टाहसका साथ, या मनमनै, कोही मुसक्क अनि कोही फुसुक्क, के होला सोच्नुस त ? आज हामी हाँसोको कुरा गर्दै छौं । अलिक दार्शनिक कोणवाट हाँसोलाई पस्कन मन लाग्यो, विश्वको सबैभन्दा महँगो कुरा हाँसो । यी हाँसोलाई किन्नका लागि हामीले सकल जीवन खर्च गर्दछौं, हाँसो अझ एउटा यस्तो महँगो गहना जसको खोजीमा मान्छे जीवनभर भौतारिन्छ अनि भौतारिरहन्छ । 

एउटा सानो फिरफिरे पाँउदा मात्र पनि एउटा बालक हाँस्दछ, मिठो मधुर अनि हजारौं रुपैयाँले पनि किन्न नसक्ने हाँसो । सन्तानसंग भेट्न पाँउदा एउटी आमा हास्दछिन्, करोडौंले पनि खरिद गर्न नसक्ने अर्को हाँसो । 
अनि लाखौं, करोडौं बैंक ब्यालेन्स लिएर बसेको एउटा मान्छे महँगो गाडीमा सुकिलो कपडा लाएर पनि मिठो खानेकुराको भोगमा पनि एक पित्को हाँसो हाँस्न सकिरहेको हुँदैन् । हाँसो एउटा यस्तो कडी हो जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाँउदछ । महाकवीले लेखेकै छन् । 
गरिब भन्छौ सुखको मै छु धनी मिल्दैन कतै पनि 

यो एउटा वाक्याशंले हाँसो को अपार ब्याख्या गरेको छ, गरिबलाई धनी अनि धनीलाई गरिबमा छुटाउने काम हाँसोले गर्दछ। डोको बोकेको भोको पेट नै भए पनि पीपलको वोट मुनी सुस्ताँउदै एउटा मिठो सुस्केरा सहितको गीत गाई दिन्छ अनि हाँस्दछ अरबौंको हाँसो । हाँसोको यो समीकरणमा उदहारण सदैव आँउदछ कमलको फुलको अनि गुलाफको फुलको । चाहे हिलोमा होस् या काँडाभित्र ? तर फुल त मुस्कुराँउछ नै, हाँस्छ नै ।
 नारायण गोपालले गाएका गीत उल्लेख गर्न चाह्यौं । 
फाँटहरुले कसलाई पुग्छ भीरमा पनि फुलिदिन्छु, म त लालीगुराँसै भएछु । 

हाँसोको कुरामा हामी सबै फुल अनि लालीगुराँस झैै हुन जरुरी छ। फाँटहरुले मात्र कहाँ पुग्छ र ? भीरहरुमा पनि हास्न सक्नुपर्दछ । अब हाँसोको यतिका कुरा गरिसक्दा अब आआफुले आफुलाई नै प्रश्न गरौं हाम्रो जीवनमा हाँसोहरु कति उधारो राखेका छौं भनेंर ? हाँस्न नभुलौं है । दिल खोलेर हाँसौ, हसाँउन सकौं । विश्वलाई आज केही कुराको कमी छ भने त्यो हो हाँसो । मे ६ मा मनाइने यस दिवसको प्रथमपटक भने सन् १९९८ मा भारतको मुम्बईमा मनाइएको थियो । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ । आजको दिनले विश्वबन्धुत्व, भातृत्व अनि शान्तिको पनि वकालत गर्दछ । ल है हाँस्न नभुलौं अनि हरेक हाँसोमा बाँच्न नभुलौं ।एक पलमा हजार जीवन अनि एक हाँसोमा हजार खुशी छाइरहोस् । खुशीको खोजी जारी रहोस् । हेरिदिने कोही छ भनें पिरमा पनि फुलिदिन्छु ।