“विकृति विसंगति रहित समाजको निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ पवित्र भावनाले स्थानीय जनता तथा नेपाल प्रहरीको संयुक्त सहभागितामा २०५९ साल चैत महिनामा स्थापना भई जनतासामु सेवा पुर्याइरहेको यस सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा-१ बगर, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगरले आयोजना गरेको लागुऔषध नियन्त्रण महाअभियान २०७४ को बृहत र्यालीमा विभिन्न
विद्यालय एवं संघसंस्था, भजन समूह, आमा समूह, क्लब, टोल बिकास संस्था, लागू औषध नियंत्रण महाअभियान वडा स्तरीय समितिहरु समेत बाट आफ्नो सहभागिता जनाउन पाउदा र उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न पाउदा हामी सबैको लागि गौरवको विषय भएको छ। प्रहरीको मात्र एकल प्रयासले लागुऔषध कास्की जिल्लामा नियन्त्रण गर्न नसकिने भएकाले उक्त कार्यक्रम आयोजना गरेको
देख्दा सबैलाई खुसी लागेको छ उक्त आयोजनाहरु अनुसार नै कास्की जिल्ला लागुपदार्थ मुक्त जिल्ला हुने छ भन्ने विश्वास पनि गरेका छौं। फेरि आइन्दा यस्ता कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागि हुने र कास्की जिल्लालाई लागुपदार्थ मुक्त जिल्ला बनाउन हामीले पनि महत्वपूर्ण भूमिका खेल्ने बिषयमा अठोट लिएका छौ।
जय समुदाय ।
No comments:
Post a Comment