Monday, February 19, 2018

डुङगा रेष्ट्रो एण्ड लाउन्ज बार लेकसाइडको आफ्नो पहिलो बार्षिकोत्सव रक्तदान कार्यक्रम गरेर सम्पन्न ।

नयाँ सोच र नयाँ जोसका साथ नाफा कमाउने उद्देश्यले मात्र नभई सामाजिक सेवाको साथसाथै सम्पूर्ण अतिथिहरुमा गुणस्तरीय, भरपर्दो र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले २७, डिसेम्बर २०१६ मा स्थापना भएको यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बार हाल एक बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज १९, फेब्रुअरी २०१८ मा प्रजातन्त्र दिवसको दिन पारेर रक्तदान कार्यक्रम सम्पन्न गरि आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ ‌।

साथै यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले आफ्नोे स्थापना कालदेखि नै बिभिन्न सामाजिक कार्यहरूमा सक्रिय भई योगदान गर्दै आइरहेको छ र यति मात्र नभई केही समय अगाडि सराङ्गकोट निवासी सन्देश परियार नाम गरेका एक मुटुरोगीलाई रु.५०,०००/-, पोखराको प्रसिद्ध मन्दिर पोखरा ताल बाराही मन्दिरमा भक्तजनको आवश्यकता लाई मध्यनजर गर्दै ९६ वटा फलामका बेन्च (कुर्ची),
मधेसमा बाढी जाँदा मधेश बासीलाई रु.६०,०००/- राहतको साथसाथै पोखरा लेकसाइड क्षेत्रमा आधा भन्दा बढी ट्राफिक सिम्बोलिक बोर्डहरु राख्नुको साथै खेलकुद क्षेत्रमा पनि बेलाबेलामा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले सहयोग गर्दै आएको छ।
आज गरेको उक्त रक्तदान कार्यक्रममा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले ६४ पोका रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी कास्की
लाई हस्तान्तरण गरेको थियो। आजको यस कार्यक्रममा नेपाल  स्वयंसेवी रक्तदाता समाज पोखरा कास्कीका अध्यक्ष श्री तिर्थ राज अवस्थि, क्षेत्रिय रक्तसञ्चार सेवा रामघाट पोखराका प्रमुख श्री धुर्बमणि लामिछाने, डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारका प्रबन्धक निर्देशक श्री राजेश गुरुङ्ग, #teamdunga का संयोजक श्री अर्जुन परियार
#teamdunga का अन्य सदस्यहरू र नेपाल स्वयंसेवी रक्तदाता समाजका आजिवन सदस्य म (सौरब ढुङ्गाना) लगायत अन्य धेरै जनाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

बिभिन्न स्वास्थयकर खाना तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार तथा ब्याडका माध्यमद्वारा मनोरञ्जन तथा स्वास्थ्यकर खानाको प्रयोग गरि कला संस्कृतिको संरक्षण को साथै पर्यटन
बिकासमा पनि योगदान दिइरहेको यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले बिद्यार्थी वर्गलाई विषेश छुटको साथ भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ। यति मात्र नभएर आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले फेब्रुअरी २२, २३ र २४ गते म्युजिकल प्रोग्राम पनि राखेको छ। जसमा बिभिन्न किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय
कलाकार तथा ब्याड, हास्य कलाकार गायककार को साथै बिहिबार २२ तारिखको दिनमा ईन्डियन आईडल अमित पउलको समेत  उपस्थिति रहने छ। उक्त अबसरमा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले धुर्मुस सुन्तली फाउण्डेशन लाई केहि आर्थिक सहयोग गर्ने पनि निर्णय गरेको छ।

यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले आजका दिन सम्म जे जति काम समाज र देशको लागि गरेको छ त्यसलाई मूल्यांकन गरी
हौसला प्रदान गरिदिएकोमा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले सम्पूर्ण मिडियाकर्मी, पत्रकार महानुभाव, कलाकार महानुभाव तथा सबै शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले अझ धेरै समाज र देशका निम्ति योगदान दिने कुरा प्रति प्रतिवद्ध रहेको कुरा जानकारी गराएको छ ।

र अन्त्यमा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बार लेकसाइडले अझै बढी यस्ता सामाजिक कार्यमा हात हाल्दै अगाडि बढ्दै जाओस् र डुङगा रेष्ट्रो एण्ड लाउन्ज बार
पोखरा लेकसाइडमा ५२ जना कर्मचारीलाई रोजगारी दिएकोमा मात्र सिमित नरही अन्य बाहिर पनि शाखा बिस्तार गरी बढी ५२ हजार जना नेपालीलाई रोजगार दिने लक्ष्य राखेकोमा उक्त लक्ष्य अनुसार नै काम होस् र यसका डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले सबैको मन जित्न सकोस् भनि म सौरब ढुङ्गाना को तर्फबाट व्यक्तिगत शुभकामना दिन चाहन्छु।

       जय डुङगा रेष्ट्रो एण्ड लाउन्ज बार

यस Blogger को बारेमा मलाई केहि सल्लाह तथा सुझाव दिनु परेमा तलको ठेगानामा सम्पर्क गर्नुहोला धन्यवाद ।
नाम:- सौरब ढुङ्गाना
ठेगाना:- पो.लर.म.न.पा-२६ बुढिबजार कास्कि
फोन नं:- 9866050350 (९८६६०५०३५०)
ईमेल:- dhunganas384@gmail.com

No comments:

Post a Comment