आमा
{सङ्गलो प्यार पियर प्रेम रसमा}2 आमा कलाकार हौ,
सारा सृष्टि प्रचम्च यो जगतकि आधार हौ धार हौ
बग्छौ स्नेह बनेर रक्त धमनि सर्लक्क धारा म मा,
अौसिँमा पनि जुन झलमल्ल तिमि आमा तिमि पूर्णिमा ।
आशिर्वाद तिमि तिमि तिरकि नौलाख बत्ति तिमि,
सारा गरा मिलेका भई भव जुलि आकाश धर्ती तिमि
माया वा ममता ममता र समता गन्तव्य पुग्ने जति,
रोगिको मल रोग रोगहरुमा आमा तिमि औषधि ।
आमा साझ सबेरै धुज धुनमा चारा बचेरा तिमी,
दोहोरी गुन गुन गाउने स्वर सुधा संगित धारा तिमी
साराका घरबार सारा सुखको गार्हस्थ सारा तिमी,
साथै छौ तर छैन झैँ नजिकमा ए दुर तारा तिमी ।
धागो हौ सब बस्त्र बस्त्रहरुमा पहिरन चोखो पोशाकमा,
पत्ता हौ सब फूल फूलहरूमा भक्कान्छौ भुल्दै म मा
बास्नादार बाहर फरफर धुरि संकल्प साम्य स्मृति,
आमा अम्बरको अजम्बरि कथा आमा तिमि संस्कृति ।
{तिर्खा टक्क अडिन्छ गृष्म बनमा}2 आमा बगेको जल,
बर्खा माग्दछ मेघा झमझम झरि आमा तिमि बादल
त्यहि बर्खा जब बिग्न पर्छ बटुवा आमा तिमि ओत हौ,
के हो कारण कल्प बृक्ष जननि संसारकि स्रोत हौ ।
भान्छा भोजन भोक वा भतेरहरुमा भोकै बसे हौ कति,
छोप्दै आँसु हजार ढोकाहरूमा गोठ पसे हौ कति
कुल्चि दु:ख र दर्द आट बटुलि चुल्ठि कसे हौ कति,
यी सबै दु:ख जान्दछन् त जननि तिम्रा सबै सन्तति ।
कोहि पृत प्रभात साँझ सुखमा कोहि बिनायो धुन,
कोहि भोज भतेर भोका अथवा कोहि स्वयम गुन गुन
कोहि खातर खातै माथि खतिया कोहि त अैया हु हु,
हे आमा कसरि कसिन्छ पिरती सन्तान तिम्रै म हु ।
{कहिले गाँस भुलेर बास नभनि}2 कहिले हिडे सु-सुस्तरि,
कोहि घाम र पूर्ण प्यास पसिना हेर्दै पछउटे झरि,
हे आमा पिर पिडा विविधता बिस्तार बिस्तार यो,
तिम्रै मार्गमा हिड्छु हिड्दछु सदा तिम्रै टिपी पाईलो ।
तिम्रै मार्गमा हिड्छु हिड्दछु सदा तिम्रै टिपी पाईलो ।।
लेखक:- सौरब ढुङ्गाना
पो.ले.म.न.पा-२६ बुढिबजार
|
मेरो असल व्यवहार को कुनै आर्थिक मूल्यांकन नभएता पनि करोडौंको मन जित्न सक्ने क्षमता भने अवश्य पनि हुन्छ ।
Thursday, February 8, 2018
आमा कविता
Subscribe to:
Post Comments (Atom)
Bravo bravo
ReplyDelete