Wednesday, July 4, 2018

जन्मदिनको अनगिन्ती शुभकामना मेरो ममि।💘💘💘

नबगुन् आँसुका थोपा नमरुन् सपनाहरु,
नआउन बिघ्न औ बाधा पुरा हुन् कल्पनाहरु ।। 
नछुटोस् मित्रता हाम्रो चम्कियोस् चाँदनी सरि,
बढोस् याद अझै बिन्ती नमरुन् सम्झनाहरु ।। 

सदा सुखी बनी सधैं नाचेको देख्न पाउँ म,
उन्नती पथमा चढ्दै हाँसेको देख्न पाउँ म ।। 
यो जन्म दिनमा मैले दिउँ के शुभकामना,
तिमी सयौँ सयौँ बर्ष बाँचेको देख्न पाउँ म ।

मैले जीन्दगीको नौ महिना एउटै ठाउँमा बसेर बिताएँ । त्यो न्यानो ठाउँ थियो । मलाई त ती दिनहरुका बारेमा कुनै ज्ञान छैन । तर तिमीलाई मेरो एक-एक हलचल याद छ होला । जीवनमा मलाई तिमीले जति ख्याल र तिमीले जति माया अरु कसैले गरेन र गर्ने पनि छैन । तिम्रो ममताको सागारमा पौडि खेल्दा खेल्दै आज ह्वेल माछा जत्तीकै ढाडे भैसकेको छु । कैयौँ पटक तिम्रो चित्त दुखाएको छु । तर तिम्रो चित्त कहिल्यै दुखेन । मेरा पाहाडजत्रा गल्तिहरुलाई पनि तिमीले तिल भन्दा सानो बनाइदियौ । ज्वोरोले हनहनिएको मेरो तातो निधारलाई पानिपट्टिले चिस्याइदियौ । तिमीले नै यो संसार चिनायौ, हिडन सिकायौ । हर बिहान र बेलुका खाना खान बस्दा मलाई नै सम्झीयौ । तिमीसँग दुईदिन टाढा हुँदा पनि आँशु खसाल्थ्यौ।
ठाडा ठाडा उकालोहरुमा पनि आफुले स्याँ स्याँ गरेर मलाई बुई बोकेरै चढायौ । खेतका डिलहरुमा हुटिट्याँउका फुलहरु खोजेर उसिनेर मलाइ नै ख्वायौ अनि अम्लेट बनाएर पनि ख्वायौ।
आफू कामेरै भएपनि आफ्नो पछ्यौरी मलाई नै ओढायौ । आज पनि तिमीले मलाई काखमा बोकेर हिँड्ने पछ्यौरीमा गुटुमुटु परेर सुत्ने गर्छु । तिम्रो सुगन्ध अझै पनि त्यहि पछ्यौरीमा टाँसिएको छ ।
तिमी नै मेरी सबैभन्दा मिल्ने साथी हौ । मेरा मनका हरेक कुरा तिमीलाई नै सुनाउन चाहान्छु । मेरो दाँत हल्लिएको कुरा होस् वा खुट्टाको नङ बढेको कुरा होस् तिमीलाई नै ख्याल हुन्थ्यो । जुम्रा परेको निहुले तिम्रो काखमा मस्त निदाउँन पाउँदा क्रिकेटको ब्याटिङ समेत फिक्का लाग्ने गर्दथ्यो ।
दिनभरि धुलोमा गाडिएका मेरा धुले खुट्टाहरु लिएर म सिधै ओछ्यानमा जान खोज्दथेँ, तर तिमीले नुन पानी तताएर ठूलो बाँटा ल्याएर ओछ्यानमै मेरो खुट्टा धोइदिन्थ्यौ । तिमीले सिकाएको यहि बानीले गर्दा आज पनि म पानीले खुट्टा नधोइ निदाउनै सक्दिन ।
सुनसान रातमा चकमक बत्ती झिल्क्याउँदै उड्ने जुनकिरीको पछि लागेर हिँड्दा खुट्टा लरखर्याउन खोज्थेँ तर त्यतिनै बेला तिमीले मलाई लड्न नदिइ हिँडन सिकाउँथ्यौ । आज पनि तिनै जुनकिरीहरुलाई खोज्छु तर यो सहरको झिलिमिलीले जुनकिरीको प्रकासलाई बिलीन पारिदिएको छ । तिमी देखी टाढा छु त्यैपनि तिमी यी आँखाहरुमा छ्यौ, मनमा छ्यौ, मस्तिस्कमा छ्यौ । बास्तवमा म त तिम्रै शरीरको एक भाग हुँ । तिमीबिना मेरो कुनै अस्तित्व छैन । तिम्रो नामले मात्रै मेरो ओठमा हाँसो र आँखामा चम्काइ आउँदछ ।
आज यो कलम कुनै व्याकरणका नियमहरुमा बाँधिन चाहान्न । शब्दहरुले तिम्रो चित्र कोर्न चाहान्छन् । कानहरुले तिम्रै शब्द सुन्न चाहान्छन् । माथले तिम्रै राता चुराहरुले सजीएको हातको स्पर्श चाहान्छ। म तिमीलाई धेरै प्रेम गर्छु आमा ।

I Love You Mom.💖💖💖💞💞💞💘💘💘

Sunday, May 6, 2018

उमेर बाधा होइन।

यो पोष्ट उनीहरूका निम्ती हो जसले ढल्कदो उमेरलाई सृजनात्मक कार्यका निम्ती बाधाका रूपमा लिन्छन् । जसले ‘समय सकियो अब केही गर्न सकिदैन’ भन्ने सोच्दछन् । 

याद रहोस्, मार्कस पोर्सियसले ८० वर्षको उमेरमा ग्रीक भाषा सिकेका थिए । अर्नेस्टाइन हेइक हजुरआमा भएपछी संगीत क्षेत्रमा सफलताको शिखरमा पुगेकी थिइन् । माइकल एन्जेलो ८० वर्षको उमेरमा पनि महानतम् चित्रहरू कोर्दैथिए । ९० वर्षको उमेरमा सिओ स साइमोनाइडलै काव्यमा पुरस्कार जितेका थिए । गोथेले ‘फाउस्ट’ ताथा लेपोल्ड भोन राकेले ‘हिस्ट्री अफ वर्ड’ ९२ वर्षको उमेरमा सम्पन्न गरेका थिए । अल्फ्रेड टेन्नीसनले प्रख्यात ‘क्रसिङ द बार’ कविता ८३ वर्ष छदा रचेका थिए । सर आइज्याक न्युटन ८५ वर्षसम्म सक्रिएरूपमा कार्यरत थिए । अल्बर्ट आइन्साटइन जीवनको अन्तसम्म वैज्ञानिक खोजमा व्यस्त थिए । भक्ती थापा ७० वर्षको उमेरमा अंग्रेजसंग लडेका थिए । विन्स्टन चर्चिल बुढेसकालमा प्रधनमन्त्री बनेका थिए । संसारका थुप्रै महान व्यक्तिहरूले ५० वर्ष नाघेपछी मात्र उलेख्निए योगदान दिएका थिए ।

उमेरलाई बाधाका रूपमा लिनु हुदैन । संसारलाई अझै तपाईको योगदानको खाँचो छ । आफूलाई थकित र कमजोर रूपमा नलिनुहोस् । शरीर बुढो हुन्छ तर मन होइन । जब सम्म सास रहन्छ, जिन्दगीलाई खुलेर बाँच्नुहोस्, रमेर बाँच्नुहोस् । हाम्रो शुभकामना छ ।

Saturday, May 5, 2018

विश्व हाँसो दिवसको शुभकामना। Happy Word Laughter Day. 😆😂😂😂😂😹😅😂😂😂

खीतखीत गर्दै खीत्का छाडेर, अट्टाहसका साथ, या मनमनै, कोही मुसक्क अनि कोही फुसुक्क, के होला सोच्नुस त ? आज हामी हाँसोको कुरा गर्दै छौं । अलिक दार्शनिक कोणवाट हाँसोलाई पस्कन मन लाग्यो, विश्वको सबैभन्दा महँगो कुरा हाँसो । यी हाँसोलाई किन्नका लागि हामीले सकल जीवन खर्च गर्दछौं, हाँसो अझ एउटा यस्तो महँगो गहना जसको खोजीमा मान्छे जीवनभर भौतारिन्छ अनि भौतारिरहन्छ । 

एउटा सानो फिरफिरे पाँउदा मात्र पनि एउटा बालक हाँस्दछ, मिठो मधुर अनि हजारौं रुपैयाँले पनि किन्न नसक्ने हाँसो । सन्तानसंग भेट्न पाँउदा एउटी आमा हास्दछिन्, करोडौंले पनि खरिद गर्न नसक्ने अर्को हाँसो । 
अनि लाखौं, करोडौं बैंक ब्यालेन्स लिएर बसेको एउटा मान्छे महँगो गाडीमा सुकिलो कपडा लाएर पनि मिठो खानेकुराको भोगमा पनि एक पित्को हाँसो हाँस्न सकिरहेको हुँदैन् । हाँसो एउटा यस्तो कडी हो जसले धनीलाई गरिब अनि गरिबलाई पनि धनी बनाँउदछ । महाकवीले लेखेकै छन् । 
गरिब भन्छौ सुखको मै छु धनी मिल्दैन कतै पनि 

यो एउटा वाक्याशंले हाँसो को अपार ब्याख्या गरेको छ, गरिबलाई धनी अनि धनीलाई गरिबमा छुटाउने काम हाँसोले गर्दछ। डोको बोकेको भोको पेट नै भए पनि पीपलको वोट मुनी सुस्ताँउदै एउटा मिठो सुस्केरा सहितको गीत गाई दिन्छ अनि हाँस्दछ अरबौंको हाँसो । हाँसोको यो समीकरणमा उदहारण सदैव आँउदछ कमलको फुलको अनि गुलाफको फुलको । चाहे हिलोमा होस् या काँडाभित्र ? तर फुल त मुस्कुराँउछ नै, हाँस्छ नै ।
 नारायण गोपालले गाएका गीत उल्लेख गर्न चाह्यौं । 
फाँटहरुले कसलाई पुग्छ भीरमा पनि फुलिदिन्छु, म त लालीगुराँसै भएछु । 

हाँसोको कुरामा हामी सबै फुल अनि लालीगुराँस झैै हुन जरुरी छ। फाँटहरुले मात्र कहाँ पुग्छ र ? भीरहरुमा पनि हास्न सक्नुपर्दछ । अब हाँसोको यतिका कुरा गरिसक्दा अब आआफुले आफुलाई नै प्रश्न गरौं हाम्रो जीवनमा हाँसोहरु कति उधारो राखेका छौं भनेंर ? हाँस्न नभुलौं है । दिल खोलेर हाँसौ, हसाँउन सकौं । विश्वलाई आज केही कुराको कमी छ भने त्यो हो हाँसो । मे ६ मा मनाइने यस दिवसको प्रथमपटक भने सन् १९९८ मा भारतको मुम्बईमा मनाइएको थियो । हाँसो एउटा सकारात्मक अनि शक्तिशाली भाव हो, यसले जीवनमा रस अनि आशा थप्दछ । आजको दिनले विश्वबन्धुत्व, भातृत्व अनि शान्तिको पनि वकालत गर्दछ । ल है हाँस्न नभुलौं अनि हरेक हाँसोमा बाँच्न नभुलौं ।एक पलमा हजार जीवन अनि एक हाँसोमा हजार खुशी छाइरहोस् । खुशीको खोजी जारी रहोस् । हेरिदिने कोही छ भनें पिरमा पनि फुलिदिन्छु । 

Friday, March 16, 2018

साईकले दाई अवस्थीको फेरि अर्को माहादान।

कञ्चनपुर जिल्ला वडा नं ७ कालिकामा माता गोमति देवी अवस्थीको कोखबाट जन्म लिनु भएका हाल ३३ वर्षका कहिले साइकले रक्तदाता, कहिले क्क र कहिले चप्पल हराएको मान्छे आदि विभिन्न उप नामबाट परिचित रक्तदान भनेपछि आफू मरिमेटी गर्ने र रगत सम्बन्धि कुनै पनि कार्यमा कसैको निम्ति पनि पछि नहटी अति सक्रिय रुपमा लागिपर्ने अझ झन साइकल कुदाउन भनेपछि भोक, प्यास, थकान, पीर-चिन्ता सबै कुरा बिर्सने म जस्ता हजारौ भाइबहिनीहरूलाई विभिन्न संघसंस्थामा आवद्ध गराई अगाडि बढ्न हौसला प्रदान गर्ने विभिन्न ठाउँमा प्रेरणाको स्रोत बन्नुभएको नेपाल स्वयंसेवी रक्तदाता समाज कास्की को वर्तमान अध्यक्ष मेरा अतिनै आत्मीय प्रिय र घनिष्ठ सर तीर्थराज अवस्थीले आज (२०७४/११/३०) मानव शरीरको सबैभन्दा महत्त्वपूर्ण अङ्ग आफ्नै दृष्टि (आँखा) दान गर्नुभएको छ।
आफ्नो मृत शरीरको आँखा मात्र कसैको लागि उपयुक्त हुन सक्ने भएको र आँखा दान जस्तो सार्थक दान अरू केही हुन नसक्ने भएबाट आफ्नो मरणोपरान्त आफ्नो आँखा दृष्टिविहीन कसैलाई पनि प्रत्यारोपण गर्न पाउने गरी नेपाल आँखा कार्यक्रम, नेपाल आँखा बैंक, हिमालय आँखा अस्पताल, आँखा संकलन केन्द्र लाई (दर्ता नं. ००१८) सहर्ष दान गर्नुभएको छ।
उहाँले धेरै लामो समयदेखि दृष्टि दान गर्ने कुरामा मनमा ईच्छा पालिरहनु भएको थियो भने आज उहाँको यो ईच्छा पुरा हुदाँ आफ्नो मृत्यु पश्चात आँखा सङ्कलन केन्द्र वा अन्य कुनै केन्द्रबाट आउने डाक्टर वा अन्य आधिकारिक व्यक्तिबाट आफ्नो आँखा झिक्न तथा ईच्छुक वा आवश्यक व्यक्ति विशेषलाई यस नेपाल बैंक मार्फत प्रत्यारोपण गर्न पाउने अधिकार प्रदान गर्नुभएको छ।
समाजका बिभिन्न सामाजिक संघ संस्थामा अति सक्रिय रुपमा आवद्ध रहि आफ्नो काम कर्तब्य कटिबद्ध रुपमा पुरा गर्ने, आवश्यक परेको बेला जो कोहिलाई पनि जुनसुकै ठाउँमा रगत पुर्याउन र दिन सक्ने, बिभिन्न ठाउँलाई साईकिल सिटी बनाउन आफैं साईकल कुदाउने तथा साइकल र्यालिको आयोजना गरि साइकल सम्बन्धि विभिन्न कार्यक्रम सञ्चालन गर्ने आदि मात्र नभई हजुरले आज गरेको आँखा दान जस्तो सार्थक दान देख्दा मलाई एकापट्टी साह्रै नै गौरव लागेको छ भने अर्कोतिर म जस्ता हजारौंको मनमा छुट्टै जोस र जाँगर उत्पन्न भएको छ तिर्थ सर।
अन्त्यमा हजुरले गरेका सम्पूर्ण कार्यमा सफलता प्राप्त होस्, हजुरले चालेका प्रगतिका पाइलाहरू सदा अघि लम्किरहुन् भनि हजुरले गर्ने बिभिन्न सामाजिक कार्यमा म पनि हजुरको पछि पछि ति कार्य गर्न सक्रिय रुपमा तम्तयार रहने उद्देश्यको साथ हजुरलाई धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु सर‌।‌‌‍

About The Blogger…..
यस Blogger को बारेमा मलाई केहि सल्लाह तथा सुझाव दिनु परेमा तलको ठेगानामा सम्पर्क गर्नुहोला धन्यवाद ।
नाम:- सौरब ढुङ्गाना
ठेगाना:- पो.लर.म.न.पा-२६ बुढिबजार कास्कि
फोन नं:- 9866050350 (९८६६०५०३५०)
ईमेल:- dhunganas384@gmail.com

Monday, February 19, 2018

डुङगा रेष्ट्रो एण्ड लाउन्ज बार लेकसाइडको आफ्नो पहिलो बार्षिकोत्सव रक्तदान कार्यक्रम गरेर सम्पन्न ।

नयाँ सोच र नयाँ जोसका साथ नाफा कमाउने उद्देश्यले मात्र नभई सामाजिक सेवाको साथसाथै सम्पूर्ण अतिथिहरुमा गुणस्तरीय, भरपर्दो र सर्वसुलभ सेवा उपलब्ध गराउने उद्देश्यले २७, डिसेम्बर २०१६ मा स्थापना भएको यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बार हाल एक बर्ष पुरा गरि दोस्रो बर्षमा प्रवेश गरेको उपलक्ष्यमा आज १९, फेब्रुअरी २०१८ मा प्रजातन्त्र दिवसको दिन पारेर रक्तदान कार्यक्रम सम्पन्न गरि आफ्नो पहिलो बार्षिकोत्सव मनाएको छ ‌।

साथै यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले आफ्नोे स्थापना कालदेखि नै बिभिन्न सामाजिक कार्यहरूमा सक्रिय भई योगदान गर्दै आइरहेको छ र यति मात्र नभई केही समय अगाडि सराङ्गकोट निवासी सन्देश परियार नाम गरेका एक मुटुरोगीलाई रु.५०,०००/-, पोखराको प्रसिद्ध मन्दिर पोखरा ताल बाराही मन्दिरमा भक्तजनको आवश्यकता लाई मध्यनजर गर्दै ९६ वटा फलामका बेन्च (कुर्ची),
मधेसमा बाढी जाँदा मधेश बासीलाई रु.६०,०००/- राहतको साथसाथै पोखरा लेकसाइड क्षेत्रमा आधा भन्दा बढी ट्राफिक सिम्बोलिक बोर्डहरु राख्नुको साथै खेलकुद क्षेत्रमा पनि बेलाबेलामा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले सहयोग गर्दै आएको छ।
आज गरेको उक्त रक्तदान कार्यक्रममा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले ६४ पोका रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटी कास्की
लाई हस्तान्तरण गरेको थियो। आजको यस कार्यक्रममा नेपाल  स्वयंसेवी रक्तदाता समाज पोखरा कास्कीका अध्यक्ष श्री तिर्थ राज अवस्थि, क्षेत्रिय रक्तसञ्चार सेवा रामघाट पोखराका प्रमुख श्री धुर्बमणि लामिछाने, डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारका प्रबन्धक निर्देशक श्री राजेश गुरुङ्ग, #teamdunga का संयोजक श्री अर्जुन परियार
र#teamdunga का अन्य सदस्यहरू र नेपाल स्वयंसेवी रक्तदाता समाजका आजिवन सदस्य म (सौरब ढुङ्गाना) लगायत अन्य धेरै जनाले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।

बिभिन्न स्वास्थयकर खाना तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकार तथा ब्याडका माध्यमद्वारा मनोरञ्जन तथा स्वास्थ्यकर खानाको प्रयोग गरि कला संस्कृतिको संरक्षण को साथै पर्यटन
बिकासमा पनि योगदान दिइरहेको यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले बिद्यार्थी वर्गलाई विषेश छुटको साथ भरपर्दो र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको छ। यति मात्र नभएर आफ्नो पहिलो वार्षिकोत्सवको अवसरमा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले फेब्रुअरी २२, २३ र २४ गते म्युजिकल प्रोग्राम पनि राखेको छ। जसमा बिभिन्न किसिमका राष्ट्रिय र अन्तर्राष्ट्रिय
कलाकार तथा ब्याड, हास्य कलाकार गायककार को साथै बिहिबार २२ तारिखको दिनमा ईन्डियन आईडल अमित पउलको समेत  उपस्थिति रहने छ। उक्त अबसरमा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले धुर्मुस सुन्तली फाउण्डेशन लाई केहि आर्थिक सहयोग गर्ने पनि निर्णय गरेको छ।

यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले आजका दिन सम्म जे जति काम समाज र देशको लागि गरेको छ त्यसलाई मूल्यांकन गरी
हौसला प्रदान गरिदिएकोमा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले सम्पूर्ण मिडियाकर्मी, पत्रकार महानुभाव, कलाकार महानुभाव तथा सबै शुभचिन्तकहरुप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा पनि यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले अझ धेरै समाज र देशका निम्ति योगदान दिने कुरा प्रति प्रतिवद्ध रहेको कुरा जानकारी गराएको छ ।

र अन्त्यमा यस डुङगा रेष्ट्रो एण्ड लाउन्ज बार लेकसाइडले अझै बढी यस्ता सामाजिक कार्यमा हात हाल्दै अगाडि बढ्दै जाओस् र डुङगा रेष्ट्रो एण्ड लाउन्ज बार
पोखरा लेकसाइडमा ५२ जना कर्मचारीलाई रोजगारी दिएकोमा मात्र सिमित नरही अन्य बाहिर पनि शाखा बिस्तार गरी बढी ५२ हजार जना नेपालीलाई रोजगार दिने लक्ष्य राखेकोमा उक्त लक्ष्य अनुसार नै काम होस् र यसका डुङगा रेष्ट्रो एण्ड लाउन्ज बारले सबैको मन जित्न सकोस् भनि म सौरब ढुङ्गाना को तर्फबाट व्यक्तिगत शुभकामना दिन चाहन्छु।

       जय डुङगा रेष्ट्रो एण्ड लाउन्ज बार

यस Blogger को बारेमा मलाई केहि सल्लाह तथा सुझाव दिनु परेमा तलको ठेगानामा सम्पर्क गर्नुहोला धन्यवाद ।
नाम:- सौरब ढुङ्गाना
ठेगाना:- पो.लर.म.न.पा-२६ बुढिबजार कास्कि
फोन नं:- 9866050350 (९८६६०५०३५०)
ईमेल:- dhunganas384@gmail.com

Saturday, February 17, 2018

छोटो कबिता "लागुपर्दाथ"

                 लागुपर्दाथ
छ्या सुन्दै कति नराम्रो र नमिठो शब्द नामै लागुपर्दाथ
खान्छौ भने तिमीले नि तिमी जन्मनुको छैन कुनै अर्थ
कति छन् ठूला सपना तिम्रा निम्ति साचेको आमा र बाबाको
पहिला चिन आफैंले आफैंलाई अनि भन “म आफैं को हो”
थाहै छ तिमीलाई ड्रग्स खाइन्जेलको एक चाल हो
यो पनि थाहा छ तिमीलाई यो एउटा मृत्यु जाल हो
देखिन्छन् घट्छन् घटना जताततै मानिसको ज्यान गाको
लागुपर्दाथमा लत बसेर तिमी आफैंलाई यस्तै भाको
चिनेका छौ राम्ररी तिमीले लागुपर्दाथ गाजा, हिरोइन र निकोटिन
खाएसि आउने गफै त हो अनि भनौला खाए मिठो भिटामिन
खाइन्जेल चेत पाउदैनौ पछि थाहा पाउछौ आफैभित्र रोग पालेको
देखिन्छन् जताततै बाउआमालाई पिर पारि अकालमै ज्यान फालेको
ड्रग्स कोसिस गर्दै केबल पागल छ जसमा छैन कसैको हित
थाहै छ ड्रग्स एउटा औषधि गेम हो जसमा छैन कसैको जित
बिचार गर्छु तिमीलाई जब खान्छौ तब निस्कन्छ टर्टराउदो भाका
त्यसपछि केहि गर्न जान्दैनौ अनि हेर्दै हिड्छौ केटिको नसालु आँखा
शान्त राख मन तिम्रो किन हुन्छ लागुऔषधमा बेलाबेलामा चञ्चल
केटा मात्र हैन मैंले केटि नै बढि देख्छु आजकल त झनझन
एउटा मनले सोचौला तिमी नराम्रो काम गर्ने नै माथि माथि चढे
हो यस्तै नराम्रो सोच्छौ र त तिमी देशमा देहब्यापार र बलात्कारि बढे
लागुपर्दाथ सेवन गर्दा सबैको नराम्रो घरमा झगडा रातारात भो
साथि साथि बिचको श्रीमती साटासाट र मान्छे काटाकाट भो
मनले मात्र आट तिमीले धेरै राम्रो काम गर्न सक्ने छ हौसत
के पाउछौ लाउछौ आखिर तिमीले खादैमा लागुऔषध
ठूला ईच्छा चाहना सपना पालेका छौ तिमीले धुलोमा जान नदेउ
राम्रो काम गर्न तर्फ लागे सबैको मन जित्ने असल मार्ग लेउ
खान्छौ मिठो मान्दै चुरोट तिमी धुवाँ त उडि जान्छ स्वाई स्वाई
अलिकति समय राम्रो काम गर त तिमी त सबैको हाई हाई
जनचेतनाको २/४ कुरा गरे हजुर समक्ष नलिनु होला नराम्रो अर्थमा
हात जोड्दै बिदा हुन्छु भन्दै नफस्नु होला हजुर नसालु पदार्थमा
हात जोड्दै बिदा हुन्छु भन्दै नफस्नु होला हजुर नसालु पदार्थमा ।।

लेखक:- सौरब ढुङ्गाना
पो.ले.म.न.पा-२६ बुढिबजार

लागुपदार्थ नियन्त्रण महाअभियान २०७४ 😍😍😍

“विकृति विसंगति रहित समाजको निर्माण हाम्रो अभियान” भन्ने मुल नाराका साथ पवित्र भावनाले स्थानीय जनता तथा नेपाल प्रहरीको संयुक्त सहभागितामा २०५९ साल चैत महिनामा स्थापना भई जनतासामु सेवा पुर्याइरहेको यस सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा-१ बगर, जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बगरले आयोजना गरेको लागुऔषध नियन्त्रण महाअभियान २०७४ को बृहत र्यालीमा विभिन्न
विद्यालय एवं संघसंस्था, भजन समूह, आमा समूह, क्लब, टोल बिकास संस्था, लागू औषध नियंत्रण महाअभियान वडा स्तरीय समितिहरु समेत बाट आफ्नो सहभागिता जनाउन पाउदा र उक्त कार्यक्रमलाई भव्य र सभ्य रुपमा सफल पार्न पाउदा हामी सबैको लागि गौरवको विषय भएको छ। प्रहरीको मात्र एकल प्रयासले लागुऔषध कास्की जिल्लामा नियन्त्रण गर्न नसकिने भएकाले उक्त कार्यक्रम आयोजना गरेको
देख्दा सबैलाई खुसी लागेको छ उक्त आयोजनाहरु अनुसार नै कास्की जिल्ला लागुपदार्थ मुक्त जिल्ला हुने छ भन्ने विश्वास पनि गरेका छौं। फेरि आइन्दा यस्ता कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागि हुने र कास्की जिल्लालाई लागुपदार्थ मुक्त जिल्ला बनाउन हामीले पनि महत्वपूर्ण भूमिका खेल्ने बिषयमा अठोट लिएका छौ।
                                     जय  समुदाय ।